• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गणेश कुँवर निर्वाचित

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन २४, बिहीबार १३:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ठाकुरबाबा उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट गणेश कुँवर अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उद्योग वाणिज्य सङ्घ ठाकुरबाबाको दोस्रो अधिवेशनमा अध्यक्ष लगायतका मुख्य पदमा सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको निर्वाचन समितिका संयोजक यज्ञ प्रसाद नेपालले जानकारी दिनुभयो ।

    बुधवार सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा  गणेश कुँवर निर्वाचित हुनुभएको हो । कुँवरले निकटतम प्रतिस्पर्धी गोविन्द प्रसाद आचार्यलाई २३ मतान्तरले पछि पार्दै १९४ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको निर्वाचन समितिका संयोजक यज्ञ प्रसाद नेपालले बताउनुभयो ।

    गणेश कुँवरले १९४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी गोविन्द प्रसाद आचार्यले १७१ मत प्राप्त गर्नुभयो ।

    यस्तै प्रथम उपाध्यक्षमा महेन्द्र पङ्गेनीले १८८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी खडानन्द सापकोटाले १५७ मत प्राप्त गर्नुभयो । द्वितीय उपाध्यक्षमा प्रेम बहादुर खड्काले सरस्वती शर्मालाई ४५ मतले पछि पार्दै १८८ मतका साथ निर्वाचित हुनुभएको छ । सरस्वती शर्माले १४३ मत ल्याउनुभयो ।

    यसै गरी महासचिवमा दिनेश शाहीले १ सय ५६ ल्याउँदा गोपाल निरौलाले १ सय ७० मत प्राप्त गरी १४ मत बढी ल्याएर निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा तेज कुमारी थापाले १ सय ५० ल्याउँदा सावित्री पाण्डेले १८४ मतका साथ निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक यज्ञ प्रसाद नेपालले बत्ताउनुभयो ।

    कुल ४ सय ५६ जना मतदाता रहेकोमा मतदान हुँदा ३ सय ७८ मत खसेको थियो । जसमध्ये ५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । ठाकुरबाबा उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमितिमा अध्यक्ष गणेश कुँवर, प्रथम उपाध्यक्ष महेन्द्र पङ्गेनी, द्वितीय उपाध्यक्ष प्रेम बहादुर खड्का, महासचिव गोपाल निरौला र कोषाध्यक्ष सावित्री पाण्डे निर्वाचन प्रक्रियाबाट निर्वाचित भएसँगै यसअघि तृतीय उपाध्यक्षमा पूर्णबहादुर थापा, सचिवमा मिनराज तिमिल्सैना, सदस्यहरूमा देवीराम चौधरी, लक्ष्मी पौडेल पाण्डे, गोपीराम थारु, गणेश खनाल र धनिराम रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

    नवनिर्वाचत ध्यक्ष गणेश कुँवरले सबैको साथ लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    Post Views: 335
    प्रकाशित मिति: २०८० फाल्गुन २४, बिहीबार १३:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.