• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ग्रेड ‘ए’ का ६ जना क्रिकेटरलाई १ लाख तलब, अन्य २४ जनालाई कति?

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन १४, सोमबार १५:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटरको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।

    जसअनुसार पुरुषतर्फ ३० जना क्रिकेटरलाई चार श्रेणीमा वर्गीकरण गरिएको छ। पहिलो श्रेणीका क्रिकेटरले मासिक एक लाख तलब पाउने भएका छन्।

    यस्तै महिलातर्फ १९ खेलाडी वर्गीकरणमा परेका छन्।

    क्यानको बोर्ड बैठकले वर्गीकरणको निर्णय अनुमोदन गरेको हो।

    क्यान फागुन १२ र १४ गते बसेको बोर्ड बैठकले यो निर्णय गरेको हो।

    केन्द्रीय सम्झौतामा रहेको पुरुष तर्फ ३० जना खेलाडी

    ग्रेड ‘ए’- रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल

    ग्रेड ‘बी’ कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा

    ग्रेड ‘सी’ – बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जी. सी.

    ग्रेड ‘डी’ – पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेक कुमार यादव, आकास चन्द, बसिर अहमद र सुर्य तामाङ

    इमर्जिङ क्याटोगरी – दिपेश कंडेल (कोशी), रुपेस सिंह (मधेश), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देब खनाल (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम) ।

    साथै ग्रेड ‘ए’ लाई १ लाख, ग्रेड ‘बी’ लाई ७० हजार, ग्रेड ‘सी’लाई ५५ हजार, ग्रेड ‘डी’ लाई ३५ हजार र इमर्जिङ क्याटोगरीलाई २५ हजार रुपैयाँ मासिक तलब उपलब्ध गराउने समेत क्यानले निर्णय गरेको छ।

    महिलातर्फ १९ जना खेलाडीको सूची

    ग्रेड ‘ए’- इन्दु बर्मा, रुबिना क्षेत्री, सीता राना मगर

    ग्रेड ‘बी’- कविता कुँवर

    ग्रेड ‘सी’ – पूजा महतो, अश्मिना कर्माचार्य

    ग्रेड ‘डी’ – अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र बिन्दु रावल

    इमर्जिङ क्याटोगरि – सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड़का, सना प्रविन ।

    महिलातर्फ ग्रेड ‘ए’लाई ५० हजार, ग्रेड ‘बी’लाई रु.३५ हजार, ग्रेड ‘सी’लाई ३० हजार, ग्रेड ‘डी’ लाई २५ हजार र इमर्जिङ क्याटोगरिलाई २० हजार मासिक तलब उपलब्ध गराउने क्यानले निर्णय गरेको छ।

    यस्तै बैठकले प्रतियोगिता समिति संयोजकमा दिवाकर घलेलाई तोकेको छ। यस्तै प्राविधिक समिति संयोजकमा विक्रम बिष्ट तथा विकास समिति संयोजकमा धिरेन्द्र सावद र महिला क्रिकेट विकास समिति संयोजकमा प्रदिप मजगैया बनाउने निर्णय भएको छ।

    नेपाल ए टिमको मूख्य प्रशिक्षकमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल तथा प्रशिक्षकमा पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शकलाम अली, साथै यू-१९ महिला टिम प्रशिक्षकको जिम्मेवारी महेशप्रसाद रिजाललाई दिने क्यानले निर्णय गरेको छ।

    नेपालको घरेलु क्रिकेट संरचनालाई बलियो बनाउने योजना बमोजिम उमेर समूहको प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको (यु१९ र यु१६) को उमेर खुल्ने कागजपत्र, विद्यालयको शैक्षिक प्रमाणपत्रको आधारमा तथा अन्य मापदण्ड बनाई उमेर समूहको प्रतियोगितामा सहभागी गराउने वा नगराउने सम्बन्धमा आवश्यक नीति तथा कार्यक्रम तयार गरी कडाइका साथ कार्यान्वयन गर्ने निर्णय पनि क्यानले गरेको छ।

    नेपालमा आयोजना हुने आइसिसी यू- १९ महिला विश्वकप क्रिकेट प्रतियोगिता २०२७ को तयारी स्वरुप मिसन २०२७ अन्तर्गत यू-१६ महिला अन्तर स्कुल क्रिकेट ट्यालेन्ट हन्ट एवं प्रशिक्षण कार्यक्रम ७ वटै प्रदेशहरुमा संचालन गर्ने निर्णय क्यानले गरेको छ।

     

     

    सेतोपाटी/साभार

    Post Views: 269
    प्रकाशित मिति: २०८० फाल्गुन १४, सोमबार १५:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.