• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियाका दुध उत्पादक किसानद्वारा आन्दोलनको कार्यक्रम सार्वजनिक

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन १४, सोमबार ०७:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, फागुन १४ गते / दुध उत्पादक किसानहरुको मागसहित आन्दोलनको कार्यक्रम जिल्ला दुग्ध उत्पादक सहकारी संघले सार्वजनिक गरेको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघले शनिबार पत्रकार सम्मेलन गरि चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

    संघको नेतृत्वमा फागुन १५ गते जिल्ला प्रशासन कार्यालय बर्दियामा दुई घण्टा धर्नासहित ज्ञापनपत्र बुझाउने र फागुन १७ गते दुई घण्टा राजमार्ग तथा सम्भावित सडकमा चक्का जाम गर्ने तयारी रहेको दुग्ध उत्पादक सहकारी संघले जनाएको छ । त्यसैगरि तत्काल माग पुरा नभए फागुन २१ गते देखि निरन्तर माइती घर मण्डलामा धर्ना तथा बिरोध प्रर्दशन गर्ने संघको कार्यक्रम रहेको छ ।

    दुग्ध उत्पादक किसानहरुले उत्पादन गरेको दुध सडकमा फाल्नु पर्ने स्थिती रहेको दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष पवन कुमार यादवले बताए । ‘किसानले सरकारी निकाय डिडिसिलाई दिएको दुधको भुक्तानी नपाएको ६ महिना भयो’अध्यक्ष यादवले भने,‘त्यसैगरि दुध नबिक्ने समस्या विगत लामो समय देखि छ ।’ जिल्लामा धुग्ध संकलन गर्ने १९ वटा सहकारी रहेका छन् । दुध नबिकेर खोलामा लगेर फाल्ने अवस्था आएको छ । यी कुरालाई मध्यनजर गरि केन्द्रिय संघको अगुवाईमा देश व्यापी रुपमा आन्दोलनमा रहेको अध्यक्ष यादवले जानकारी दिए ।

    हामीले सहकारीमार्फत संकलन गरेको दुध नबिकेर समस्या आएको गुलरिया नगरपालिका–४ स्थित रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक मुक्तिराम पौडेलले बताए । ‘गत पौष २० गते देखि दुध बिकेको छैन’ व्यवस्थापक पौडेलले भने,‘किसानहरुको आग्रहमा सस्तो मुल्यमा दुध लिएर दुधबाट बन्ने परिकार बनाएका छौं ।’ घ्यू, नौनि, छुर्पी, क्रिम र पनिर हामीसंग स्टक रहेको जनाए । कसैलाई आवश्यक परे उपलब्ध गराउने सकिने व्यवस्थापक पौडेलले जानकारी दिए ।

    दुग्ध उत्पादक किसानको बाँकी रहेको भुक्तानी सरकारले तत्काल यहि महिनामा उपलब्ध गराउनु पर्ने दुग्ध उत्पादक सहकारी संघको केन्द्रिय सदस्य इन्द्र प्रसाद लुईटेलले बताए । ‘त्यसैगरि हामीले उत्पादनको दुध हिजो जसरी लिएको थियो, त्यसैगरि लिनुपर्ने हाम्रो माग हो’उनले भने । युवाहरुलाई राज्यले देशमा काम गर्ने वातावरण दिएको छैन । जसले गर्दा युवाहरु विदेशिनु परेको केन्द्रिय सदस्य लुईटेलले सुनाए । होइन भने देशमा कृषि कर्म गरेका युवाहरुलाई सहुलियमा ऋण दिनु पर्यो,पशुको निशुल्क बिमा गर्नु पर्यो र किसानले उत्पादन गरेका दुध लिने ग्यारेन्टी लिनु पर्योे भनाई केन्द्रिय लुईटेलले राखे ।

    Post Views: 289
    प्रकाशित मिति: २०८० फाल्गुन १४, सोमबार ०७:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.