• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपालको लक्ष्य एसोसिएटमा नम्बर वान

  •  माउण्टेन संवाददाता
  • २०८० फाल्गुन २, बुधबार २२:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,फागुन २/ नेपालले आईसीसी विश्वकप लिग–२ सिरिजको सुरुवात बिहीबार घरेलु मैदानमा नामिबियासँगको खेलबाट गर्दैछ । सन् २०२७ सम्म चल्ने लिग–२ मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, युएई, ओमान, स्कटल्यान्ड, क्यानडा र नामिबिया छन् । लिग टु को पहिलो सिरिज बिहीबार नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच सुरु हुँदैछ । लिग–२ को शीर्ष चार टोलीले सन् २०२७ को विश्वकप छनोटमा सोझै स्थान बनाउने छन् । शीर्ष चारमा पर्न नसके क्वालिफायर प्लेअफ खेल्नुपर्छ ।

    प्लेअफको बिजेताले मात्रै विश्वकप छनोट खेल्न पाउँछ । प्लेअफमा घटुवा हुँदा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता गुम्ने खतरा पनि हुन्छ । यसअघि २०१९ देखि २०२३ सम्म चलेको लिग–२ मा नेपालको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु थियो । नेपालले लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जित्दै ओडीआई मान्यता जोगाएको थियो । तर अबको चार वर्षमा नेपालले ओडीआई मान्यता जोगाउने नभई एसोसिएट देशमध्ये पहिलो बन्ने लक्ष्य राखेको छ ।

    ‘मोन्टी सर (मुख्य प्रशिक्षक मोन्टी देसाइ) आएपछि अन्तिम एक वर्षदेखि हाम्रो एउटै लक्ष्य छ । हामी नम्बर वान एसोसिएट टोली बन्ने लक्ष्य लिएर यो लिग–२ मा आएका छौं’, बुधबार कप्तान रोहित पौडेलले भने । नेपालले नेदरल्यान्ड्स र नामिवियाविरुद्ध खेल्नुअघि यसै साता क्यानडासँग तीन खेलको सिरिज खेलेको थियो । नेपालको नियमित टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी, करण केसी र गुल्सन झा लाई आराम दिएर युवा खेलाडीलाई मौका दिइएको सिरिज नेपालले क्लिनस्विप गरेको थियो ।

    क्यानडासँगको सिरिजले आफूहरुको तयारी राम्रो भएको देखाएको रोहित बताउँछन् । ‘तयारीको कुरा गर्दा क्यानडासँगको सिरिज हाम्रो लागि एकदमै महत्वपूर्ण थियो । प्रधानमन्त्री कप खेलेर आएपछि त्यो समय एकदमै जरुरी थियो । सबै जना राम्रो लयमा हुनुहुन्थ्यो’, उनले भने । यसअघि सन् २०२० मा लिग–२ को सुरुवात नेपालले त्रिवि क्रिकेट मैदानमा अमेरिका र ओमानसँगको खेलबाट गरेको थियो । त्यसमा नेपाल ओमानसँग दुबै खेलमा हारेको थियो र अमेरिकालाई दुबै खेलमा हराएको थियो । त्यसपछि नेपालले ओमानमा सन् ०२१ मा गएर यी दुई टोलीसँग समान एक एक खेलमा हार र जित हात पारेको थियो ।

    ‘२०१९ मा हामीले पहिलो पटक लिग–२ खेल्दा सोचे जस्तो सुरुवात भएको थिएन । तर यो पटक त्यो सुरुवात एकदमै जरुरी छ जस्तो लाग्छ । एकदमै महत्वपूर्ण प्रतियोगिता हो’, कप्तान रोहितले भने, ‘जुन हिसाबले हामीले तयारी गरेका छौं त्यसले एकदमै राम्रो सुरुवात हुनेमा म आशावादी छु ।’ नेदरल्यान्ड्स र नामिबियासँगको खेललाई लिग टु कै कठिन मानिएको छ । नेदरल्यान्ड्सले यसअघि टेस्ट मान्यताप्राप्त १२ टोलीसँग सुपर लिग खेलेको थियो । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेदरल्यान्ड्सलाई खेलाउँदा खासै फाइदा नभएको भन्दै लिग–टु मै समावेश गरेको छ ।

    एसोसिएटको बादशाह मानिने नेदरल्यान्ड्सले विश्वकपमा गत अक्टोबरमा उपाधिको दाबेदार दक्षिण अफ्रिकालाई ३८ रनले पराजित गरेको थियो । त्यस्तै बंगलादेशलाई पनि हराएको थियो । गत जुनमा विश्वकप छनोटमा वेस्टइन्डिजले दिएको ३७५ रनको विजयी लक्ष्य टाई गर्दै नेदरल्याण्डस सुपर ओभरमा विजयी भएको थियो । त्यस्तै नेपाललाई १६७ रनमा अल आउट गरेको थियो । इंग्ल्यान्ड र दक्षिण अफ्रिकामा निरन्तर घरेलु क्रिकेट खेल्दा डच खेलाडी निखारिएका छन् ।

    उता नामिबियाले गत नोभेम्बरमा जिम्बावेलाई हराउँदै विश्वकपमा छनोट भएको थियो । प्रमुख अलराउन्डर जेजे स्मिथ, निकोल लोफ्टी इटन र निको डाभिन विनाको नामिबियाले गतवर्ष लिग २ मा नेपालसँग २८५ र २७४ रन बनाए पनि जोगाउन सकेको थिएन । कप्तान रोहित पौडेल नेदरल्याण्डस् र नामिबियासँग एकदमै प्रतिस्पर्धा हुने बताउँछन् । ‘नेदरल्यान्ड्स भर्खरै ओडीआई विश्वकप खेलेर आएको छ । नामिाबियाले पनि एकदमै राम्रो गरेर आएको छ । मलाई विश्वास छ यस प्रतियोगितामा एकदमै राम्रो प्रतिस्पर्धा हुन्छ’, उनले भने ।साभार अनलाइनखबर

    Post Views: 212
    प्रकाशित मिति: २०८० फाल्गुन २, बुधबार २२:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.