मधुवन, फागुन २ गते( माउण्टेनसमाचार) / गुराँस नमुना माध्यमिक विद्यालयका शिक्षकहरूलाई वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ।
विद्यालयको वार्षिकोत्सव उत्सवको अवसर पारेर फागुन १ गते विद्यालयका उत्कृष्ट शिक्षकहरूलाई सम्मानित गरेक विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ।

सम्मानित हुनेहरुमा विगत २० बर्ष देखि यस गुराँस माध्यमिक विद्यालय अध्यापन गराईरहेका शिक्षकहरू मध्य अग्रेजी शिक्षक प्रकाश शर्मालाई २०७९ को उत्कृष्ट बर्ष शिक्षकबाट सम्मानित गरेको छ। लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र लुम्बिनी प्रदेश नेपाली कांग्रेस प्रमुख सचेतक जन्मजय तिमल्सिनाले सम्मानित भएकाहरु अन्य शिक्षकहरू राजु रावत, वाई.वी. खत्री, बिष्णु अधिकारी र रामबहादुर बोगटीलाई समेत सम्मानित गरेको छ। बर्दिया मधुवन नगरपालिका बडा नं ६ सानोश्री मा २०२७ सालमा स्थापित यस विद्यालय हाल १५ सय विद्यार्थीहरु अध्ययनरत छन। प्राविधिक शिक्षालय समेत स्थापना पछि यस विद्यालयमा विद्यार्थीको संख्या बढ्दो छ ।

Post Views: 529




