• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बानेश्वरको सडक डिभिजनमा आगलागी हुँदा जल्यो पैसा

  •  माउण्टेन संवाददाता
  • २०८० माघ २८, आईतवार २१:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, माघ २८/काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा रहेको निवासमा आगलागी हुँदा पैसा पनि जलेको छ। आइतबार दिउँसो करिब २ बजे लागेको आगलागीमा पैसा पनि जलेको हो। प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीका अनुसार एक सय, पाँच सय र हजार रुपैयाँका नोट जलेको अवस्थामा फेला परेको छ। ‘कति रकम जल्यो यकिन भइसकेको छैन,’ उनले भने।

    उनकाअनुसार सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सि.डि.ई नारायणदत्त भण्डारीको निवासमा आगलागी भएको हो। त्यो निवासमा अर्कै एक जना युवक बस्दै आएको खुलेको प्रहरीको भनाइ छ। ‘जलेका नोट पनि फेला परेका छन्,’ उनले भने, ‘त्यो कोठामा पोर्चुगलमा जान लागेका एक जना युवा बस्ने गरेको खुलेको छ। ती युवकका कागजातहरू पनि जल्यो भन्ने छ, हामी हेर्दैछौं।’

    आगलागी भने नियन्त्रणमा आइसकेको छ। प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको छ। आगलागी भएपछि प्रहरी वृत्त बानेश्वर र अग्नी नियन्त्रकको टोली घटनास्थलमा पुगेका थिए। एसी सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।

    आगलागी भएपछि खाना पकाउने ग्यास सिलिण्डर पनि पड्किएको थियो। आगलागीबाट निवासमा क्षति पुगेको छ। मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। आगो नियन्त्रणमा लिन पाँच वटा दमकल प्रयोग गरिएको थियो। साभार सेतोपाटी

    Post Views: 199
    प्रकाशित मिति: २०८० माघ २८, आईतवार २१:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.