• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

चीनसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

  •  माउण्टेन संवाददाता
  • २०८० माघ २७, शनिबार २०:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, माघ २७ / नेपाल र चीन बिचको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपाली यू–२३ टोलीले चिनियाँ टोलीलाई ५–१ गोलले हरायो । नेपालको जितमा समिर तामाङले दुई गोल गर्नुभयो । छिरिङ लामा, सञ्जिव विष्ट र निराजन धामीले एक एक गोल थप्नुभयो । चिनियाँ टोली चिङ्घाइ फुटबल क्लबका लागि जासी पेङ्कोउले सान्त्वना गोल गर्नुभयो । नेपालका सञ्जिवले खेल सुरु दोस्रो मिनेटमै  हड गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभयो ।

    ३९औँ मिनेटमा समिरले गोल गर्दै पहिलो हाफमा नेपालको अग्रता दोब्बर बनाउनुभयो । समिरले ५४औँ मिनेटमा ब्यक्तिगत दोस्रो गर्नुभयो । ६३औँ मिनेटमा छिरिङले गोल गर्दै नेपालको अग्रता थप बलियो बनाउनुभयो । ७५औँ मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई सहज जिततर्फ लग्नुभयो । चीनका लागि पेङ्कोउले ७८औँ मिनेटमा एक गोल फर्काए पनि टोलीको हार टरेन ।

    मैत्री खेलको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले रेफ्रीलाई बल हस्तान्तरण गरि उद्घाटन गर्नुभएको थियो । उद्घाटन अघि सम्बोधन गर्नुहुँदै अध्यक्ष तिमिल्सीनाले खेलकुदको माध्यामबाट दुई देशबिचको मित्रताले थप उचाई लिएको बताउनुभयो । ‘‘चीन  विश्व खेलकुदमा उत्कृष्ट रहेको छ । ओलम्पिक, एीसयाली जस्ता प्रतियोगिताहरुमा चीनले गरेको प्रगतिबाट सबैले सिक्न र सहयोग लिन सक्नु पर्दछ । चिनियाँ नयाँ बर्षको उपलक्ष्यमा सबैलाई शुभकामना दिन चाहन्छु,’’ तिमिल्सीनाले भन्नुभयो ।

    चिनियाँ राजदूत चेन सङले नेपाल चीन मित्रता सँधै अमर रहने बताउनुभयो । ‘‘दुई देशको मित्रतालाई खेलकुदको माध्यमबाट अझ प्रगाढ बनाउन सहयोग पुगेको छ । मैत्रीपूर्ण खेलले चीन र नेपालको सांस्कृतिक आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । चिनियाँ नयाँ बर्ष र सोनाम ल्होसारको अवसरमा सबैलाई शुभकामना दिन चाहन्छु । नेपाल र चीनको सम्बन्ध सदा अटल रहिरहनेछ,’’ सङले भन्नुभयो । मैत्रीपूर्ण खेलसँगै रंगशालामा नेपाल र चिनियाँ विभिन्न सांगितीक प्रस्तुती दिएका थिए ।

    चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल खेल आयोजना गरेको हो । प्रतियोगिताको सहआयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल ओभरसीज चीनियाँ सङ्घ रहेको थियो ।साभार गोरखापत्र

    Post Views: 208
    प्रकाशित मिति: २०८० माघ २७, शनिबार २०:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.