• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भेरी अस्पतालमा पहिलो पटक एमआरआई सेवा

  •  माउण्टेन संवाददाता
  • २०८० माघ २५, बिहीबार २२:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके,माघ २५/पश्चिम नेपालकै रेफरल अस्पतालका रुपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालले पहिलो पटक ‘एमआरआई’ सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालले बिहीबारदेखी औपचारिक रुपमा एमआरआई सेवा सञ्चालन गरेको हो। नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहले उक्त सेवा शुभारम्भ गरेका हुन्।

    भेरी अस्पतालमा भर्ना भएकी बाँकेकी १९ वर्षिया सुत्केरी निलम बर्माको ‘एमआरआई’ गराएर सेवा शुभारम्भ गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालका लागि करिब २४ करोड रुपैयाँको लागतमा उक्त मेसिन उपलब्ध गराएको थियो। अस्पतालका अनुसार यो ‘थ्रिटेस्ला’ एमआरआई मेसिन हो। सरकारी अस्पतालमै एमआरआई सेवा सञ्चालनमा आएपछि गरिव तथा विपन्न समुदायका बिरामीलाई राहत मिलेको छ। नेपालगन्ज उपमहामनगरपालिकाका नगर प्रमुख विष्टले भेरी अस्पतालको एमआरआई मेसिनलाई दिगो रुपमा सञ्चालन स्थानीय सरकारले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए।

    ‘यसलाई कसरी दिगोपन गर्न सक्छौं, यसको उपयोगिताका बारेमा हामी प्रचार–प्रसार गर्न सक्छौं,’ उनले भने ‘एमआरआई गराउन यसअघि लखउन, काठमाडौं जानुपर्ने अवस्था थियो, रोग पत्ता नलागेर अकालमा ज्यान जानुपर्ने स्थिति थियो, यसलाई दिगोपन गराउन नेपालगन्ज उपमहानगरपालिकाले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’ अस्पताल विकास समितिका अध्यक्ष शाहले एमआरआई मेसिनलाई दिगो रुपले सञ्चालन गरिने बताए। ‘अहिले सामान्य रुपले सञ्चालन गरेका छौं, भोलिका दिनमा विस्तृत रुपमा सञ्चालन गरेर जानेछौं,’ उनले भने।

    एमआरआई लगायत स्वास्थ्य उपचार सेवा लिनका लागि हरेक नागरिकले नेपाल सरकारले लागु गरेको ‘स्वास्थ्य बीमा’ गराउन आवश्यक रहेको बताए। शाहले थपे, ‘स्वास्थ्य बीमामार्फत सर्बसाधारण नागरिकले सेवा पाउन सहज हुन्छ, एमआरआई सेवा पनि सहज रुपमा लिन पाउँछन्।’ एमआरआईसँगै अन्य विशेषज्ञ सेवालाई पनि अस्पताल विकास समितिले अगाडी बढाउने उनले सुनाए।

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.पवनजंग रायमाझीले अस्पतालबाट विभिन्न सेवाहरु प्रदान गरिरहेको अवस्थामा अहिले  निदानका विषयमा एमआरआई सेवा पनि सुरु गरिएको बताए। ‘स्वास्थ्य क्षेत्रमा विभिन्न रोगको पहिचानका लागि एउटा उत्कृष्ट निदानका माध्यमहरु मध्ये एमआरआई सेवा पनि रहन्छ,’ मेसु डा. रायमाझीले भने ‘हामीले यो सेवा सुचारु गरेका छौं, यसलाई प्रदेश र छिमेकी प्रदेशका जनताले सजिलै ग्रहण गर्ने अवसर मिलेको छ।’

    नेपाल सरकारले अस्पताललाई २४ करोड रुपैयाँको लागतमा एमआरआई मेसिन उपलब्ध गराएको उनले सुनाए। ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा पनि यस अस्पताललाई आवश्यकता महसुस गरेर जुन यो मेसिन उपलब्ध गराएको छ, त्यसको लागि म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु,’ डा. रायमाझीले भने।

    भेरी अस्पतालका रेडियोलोजी विभाग प्रमुख डा. विश्वनाथ शर्माले पहिला रोग निदान गर्ने क्रममा एमआरआई मेसिनलाई सुरक्षाका दृष्टिकोणले एकदमै महत्त्वपूर्ण मानिने बताए। बिरामीका प्रत्येक अंग परीक्षण गर्नका लागि मेसिनबाट कम्तीमा पनि आधा घण्टा समय लाग्ने उनले सुनाए। ‘मेसिनबाट शरीरको विभिन्न अंगहरु यसमा हेर्न सकिन्छ,’ उनले भने।साभार नागरिकन्युज

    Post Views: 243
    प्रकाशित मिति: २०८० माघ २५, बिहीबार २२:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.