• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सहकारी ठगीको आरोपमा भण्डारी पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८० माघ २३, मंगलवार २१:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, माघ २३ /मित्रमिलन बचत तथा ऋण सहकारी ठगीको आरोपमा थप एक जना पक्राउ परेका छन्। कास्की प्रहरीले विष्णुप्रसाद भण्डारीलाई पक्राउ गरेको हो। पक्राउ परेका भण्डारीमाथि पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीसँग नजिकिएर २१ लाख रुपैयाँ अपचलन गरेको आरोप छ। उनले फर्जी बचतकर्ता भएर लाखौं रुपैयाँ ऋण लिने र मिटरब्याजमा सहकारीलाई रकम दिने गरेको पाइएको सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोजन पत्रमा उल्लेख छ। त्यसबाहेक उनले २१ लाख रुपैयाँ सहकारीको पैसा लगे पनि फिर्ता गरेको नपाइएको अभियोजनमा उल्लेख छ।

    भण्डारीलाई पोखरा महानगरपालिका–५, मालेपाटनस्थित कुलाकोडिल डेराबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ। उनलाई सोमबार राती पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। भण्डारीलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराई म्याद थपेर अनुसन्धान प्रक्रिया जारी राख्ने कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। भण्डारी पक्राउ परेसँगै मित्रमिलन सहकारीको ठगीको आरोपमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ।

    सहकारी ठगीको आरोपमा प्रहरीले ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपनि सञ्चालक समितिका अध्यक्ष रमण पौडेल, पूर्व रजिष्ट्रार तथा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार शेयर सदस्य राजु बराल, सहकारीका लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी, शेयर सदस्य बुद्धिसागर पौडेललाई यसअघि नै पक्राउ गरेर मुद्दा चलाइसकिएको छ। बाँकी हालसम्म पनि फरार नै छन्।

    उनीहरु सबैलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको छ। सहकारीका उपाध्यक्ष विजय लम्साल, पूर्व लेखा समिति सदस्य अर्जुन गिरीलगायत भने फरार रहेका छन्। सहकारीका ३ हजार ४ सय ४६ बचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ अपचलन भएपनि ७१४ जनाले मात्र उजुरी दिएका छन्। जस अनुसार सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र २१ करोड बिगो माग दाबी गरेर मुद्दा दायर गरेको छ।साभार नागरिकन्युज

    Post Views: 239
    प्रकाशित मिति: २०८० माघ २३, मंगलवार २१:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.