• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कांग्रेसमा पुस्तान्तरण आवश्यक : कांग्रेस नेता कोइराला

  •  माउण्टेन संवाददाता
  • २०८० माघ २३, मंगलवार १६:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री शशाङ्क कोइरालाले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यक रहेको बताउनुभएको छ। नेपाल प्रेस युनियन दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व महामन्त्री कोइरालाले लामो समय एउटै व्यक्ति र विचारले पार्टी चल्न नसक्ने भन्दै नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको बताउनुभएको हो।

    कांग्रेसलाई सबल र सक्षम पार्टी बनाउनका लागि वडा तहदेखि केन्द्रस्तरसम्म पुस्तान्तरण हुनुपर्ने बताउनुभएको हो। उहाँले पार्टीमा पटक पटक पुस्तान्तरणको कुरा चल्ने गरे पनि व्यवहारमा देखिन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘कांग्रेसलाई रूपान्तरण गर्नका लागि पुस्तान्तरण आवश्यक छ। यदि युवाले पुस्तान्तरणको लागि हिम्मत गर्ने हो भने म पार्टी सभापतिका लागि तयार छु।’ समुदायमा कांग्रेस खोजी रहँदा युवा जनशक्ति पलायन हुनु दुखद रहेको बताउँदै नेता कोइरालाले अब सुदृढ, समृद्ध कांग्रेस बनाउँदै देश विकासमा समर्पित गर्ने काममा ढिलाइ गर्न नहुने धारणा व्यक्त गर्नुभएको थियो।

    प्रधानमन्त्री पदलाई फाटेको जुत्ता भन्दै नेता कोइरालाले उक्त पदमा जो कोही पनि जानसक्ने भएकाले त्यसमा रहने व्यक्तिले विवेकपूर्ण नीति र विचारले मुलुकलाई अगाडि बढाउनु पर्ने बताउनुभएको थियो। राजनीतिमा सबैभन्दा महत्त्वपूर्ण कुरा विवेकको प्रयोग भएको भन्दै नेता कोइरालाले अरूको निर्देशनभन्दा प्रधानमन्त्रीदेखि मन्त्रीहरूले आफ्नो विकेक प्रयोग गरेर जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको हो।

    सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेकाले जनतामा आशाभन्दा निराशा बढी छाएको बताउनुभएको थियो। उहाँले भन्नुभयो,‘‘देशको प्रमुख पार्टीका रूपमा कांग्रेस रहेपनि सरकारमा सहभागी भएका दलमा वैचारिक मतभेद, सरकारमा बस्नेको विचारमा अस्पष्टता, विवेकको सही प्रयोग नगर्दा जनताको सेवामा खटिनुपर्ने सरकारले जनअपेक्षा अनुसार गति लिन सकेको छैन।’’

    युवाको भविष्य स्वदेशमै सुन्दर रहेको भन्दै नेता कोइरालाले त्यसका लागि निराशालाई चिर्ने गरी सरकारले काम गर्नुपर्ने बताउनुभएको थियो।  

     

    गोरखापत्र/ लिलाधर वली

    Post Views: 276
    प्रकाशित मिति: २०८० माघ २३, मंगलवार १६:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.