• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्राचिन मन्दिरमा भक्तजनको आस्था, सुनको बेलपत्र दान

  •  ऋषि वाग्ले
  • २०८० माघ २२, सोमबार ०८:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कैलाली, माघ २२ गते / कैलालीको टिकापुर नगरपालिका -७,सत्ती बजारमा अवस्थित पदमप्रकासेश्वर महादेव मन्दिरमा काठमाडौका श्रेष्ठ दम्पतिले लाख रुपैयाँ बढी पर्ने सुनको बेलपत्र चढाएका छन।

    काठमाडौ बुढानिलकण्ठ निवासी किर्तन श्रेष्ठको घरमा जन्मिएको सन्तानमा आखामा समस्या हुने गर्दथ्यो। उनको परिवारमा यो समस्या बसांणुगत थियो। यस्तो समस्या अबको पुस्तामा नआओस् भन्ने मनोकामना का साथ श्रेष्ठ दम्पतिले केहि वर्ष अघि यहा पुजा अर्चना गरी भाकल गरे। अहिले उनको छोरामा समस्या नदेखिएकोले उनिहरुको खुसीको सिमा नै छैन। यसरी उनको छोराको आखामा समस्या नभएपछि उनिहरु सपरिवार काठमाण्डौ बाट आएर एकतोला सुनको बेलपत्र अर्पण गरेको किर्तन श्रेष्ठ बताए।

    कैलालीको सत्तीमा भएको यो मन्दिर कहिले स्थापना गरियो ठ्याक्कै तिथि मिति त कसैलाइ जानकारी नभएपनि यो मन्दिर एकदमै प्राचिन भएको जन विस्वास छ। त्रेतायुगमा भगवान परशुरामले पिता जमदग्रनको आज्ञापालन गर्ने क्रममा आफ्नी आमाको हत्या गरे पश्चात सो पाप बाट मुक्ति हुनका लागि मन्दिर स्थापना गरी पुजा अर्चना गरिएको जनविश्वास रहेको मन्दिर सरंक्षण समितिका अध्यक्ष बिदुरलाल कायस्थ बताए।

    बिक्रम सम्बत १९६५ माघ शुक्ल दशमीको अवसरमा राजा नरेन्द्र बिक्रमको कान्छी महारानी पद्मावती द्वारा वर्तमान यस मन्दिरको जिर्णोद्धार गरिएको सम्पदा सम्बन्धी केहि पुस्तकमा उल्लेख गरिएको पाइएको मन्दिर सरंक्षण समितिका सचिव भिम श्रीपालीले बताए ।

    प्राचिनकाल देखि नै यो मन्दिर नेपाली भक्तजनका साथै भारतिय भक्तजनका पनि आस्थाका केन्द्र रहेको स्थानिय हरु बताउछन । २०६७/६८ मा मन्दिर शतवार्षिकी मनाउदा भारत उत्तराखण्डका पिठाधिश्वर जगतगुरु शकंराचार्य , माधव वाश्रमजी, महाराष्ट्र अन्तर्राष्ट्रिय व्यास आचार्य, स्वामी दिनदयाल महाराज लगायतले पछिल्लो समयमा मन्दिरको दर्शन गरेका छन भने प्राचिन कालमा भारतीय ऋषिमुनि हरु कैलाश-मा सरोवर दर्शन गर्न जादा यस मन्दिरमा पुजा अर्चना गरेर त्यसतर्फ प्रस्थान गर्ने गरेको स्कन्दपुराणमा समेत उल्लेखित छ।

    Post Views: 221
    प्रकाशित मिति: २०८० माघ २२, सोमबार ०८:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.