• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्मृतिका त्यो माघ १९

  •  राजेन्द्रप्रसाद धिताल
  • २०८० माघ १९, शुक्रबार १४:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    २०६१ साल माघ १९ गते राति तत्कालीन राजा श्री ५ ज्ञानेन्द्रले शाही घोषणा मार्फत प्रधानमन्त्री शेर

    बहादुर देउवालाई अपदस्त गनु गरे र सत्ता आफ्नो हातमा लिए ।यस अघि पनि उनले देउवा नेतृत्वको जननिर्वाचित सरकार अपदस्त गरिसकेका थिए।दलहरूको आन्दोलनबाट झस्केका राजाले देउवालाई पुनः प्रधानमन्त्री बनाए ।गोर्खाली राजाबाट न्याय पाएको अभिव्यक्ति दिएर देउवा राजाको टिके प्रधानमन्त्री बन्न गएका थिए भने प्रतिगमन आधा सच्चिएको अभिव्यक्ति दिएर एमाले समेत सरकारमा सहभागी भएको थियो । यसपटक राजाले देउवा लाई असक्षमको पगरी गुथाए र मन्त्री परिषदको अध्यक्ष स्वयं बनेर सत्ता सम्पूर्ण रूपमा आफ्नो हातमा लिए।नेपाल अधिराज्यको संविधान २०४७ मा यस्तो व्यवस्था कतै थिएन ।राजाले संविधानको उलंघन गरे र निरङ्कुश शासनको प्रारम्भ गरे ।राजाको घोषणा सुनेर म आश्चर्यमा परे ।रातभरि मनमा अब के हुन्छ भनेर कौतुहलता जागिरह्यो।

    वातावरण अशान्त थियो । माओवादी विद्रोहले आफ्नो आकार लिइरहेको थियो ।माओवादी आन्दोलनका कारण विस्थापित भएका नागरिकहरु गुलरियामा बढदै थिए।सदरमुकाम समेत सुरक्षित नरहेको अनुभूति थियो ।जिल्ला प्रशासन कार्यालय आफ्नो साविकको ठाउँ छोडेर राधाकृष्ण चोक स्थित जिल्ला विकास समितिको गेष्ट हाउसमा सरेको थियो। विहान हुनासाथ म बजारतिर निस्किए।आकाशमा टम्म हुस्सु ढाकिएको थियो ।अरु दिनका तुलनामा आज मानिसहरूमा थप अन्योल र आशङ्का बढेको थियो।राधाकृष्ण चोकस्थित एउटा चिया पसलमा केही मानिसहरूको चहलपहल देखेर म त्यहीँ गए।त्यहाँ गुलरिया नगरका पूर्व नगरप्रमुख गोविन्द पाण्डे ,काङ्ग्रेस नेताहरु तेजबहादुर भाट,यज्ञ मजगैया ,काग्रेश प्रजातान्त्रिकका तत्कालीन सचिव विद्याप्रसाद खनाल लगायतका अगुवा व्यक्तित्वहरु त्यहाँ उपस्थित हुनुहुन्थ्यो ।राजाको कदम प्रतिगामी हो र यसको सशक्त प्रतिवाद हुन्छ भन्ने हाम्रो साझा अभिमत बन्यो ।

    दिउँसो गुलरियामा नेपाली काङ्ग्रेसको जिल्ला अधिवेशन हुँदै थियो । म पत्रकारका रूपमा अधिवेशनको उद्घाटन सत्रमा सहभागी थिए ।त्यतिबेला हामीले बर्दिया समाचार साप्ताहिक पत्रिका संचालन गरेका थियौं ।सुशीला गिरी प्रकाशक र म सम्पादकको भूमिकामा थियौं ।महेन्द्र प्रकाश गिरीको उत्साह ,अर्जुन आचार्य र डिएन गिरीको परिश्रमले पत्रिका सफलता पूर्वक संचालनमा थियो ।काङ्ग्रेसको उक्त उद्घाटन समारोहमा बसिरहेकै बेला हामी बसेको ठाउमा एक जना सादा पोसाकमा प्रहरी साथी आउनु भयो जिल्ला प्रशासन कार्यालयमा बोलाएको सूचना दिनुभयो ।त्यहाँ विशेष गरि स्थानीय पत्रिकाका सम्पादकहरुलाई बोलाइएको रहेछ ।म, बालकृष्ण ओली ,मेघराज सिग्देल ,प्रताप गौतम , कृष्ण भण्डारी लगायत पत्रकारहरु प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा गयौं ।जिल्लास्थित सुरक्षा अङ्गका प्रमुखहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहालले हामीसग केही कुरा गर्नुभयो ।

    प्रमुख जिल्ला अधिकारी दाहाल व्यक्तिगत रूपमा असल मानिस हुनुहुन्थ्यो ।उहाँ साहित्यमा पनि रुचि राख्ने हुनाले उहाँसग मेरो हार्दिक सम्बन्ध थियो।उहाँ निर्दयी उपनाममा कविता लेख्नुहुन्थ्यो। बर्दियाली साहित्य समाजको लहरमा मैले उहाँको कविता प्रकाशित गरेको थिए।तर आज उहाँको अभिव्यक्ति निर्दयी नै थियो।व्यवस्था परिवर्तन भएकाले लेख्दा ख्याल गर्नुहोला ,तपाईंहरुलाई दुख दिनु नपरोस् ,उहाँ अभिव्यक्तिमा निरङ्कुश सत्ताका प्रशासकको अभिव्यक्ति प्रष्ट ध्वनित हुन्थ्यो ।

    स्वतन्त्र पत्रकारिता प्रजातान्त्रिक व्यवस्थामा मात्र सम्भव हुन्छ ,प्रजातन्त्र नभए पत्रकारिता रहदैन भन्ने कुरा मैले पढेको थिए ।यो साच्चै रहेछ भन्ने मैले गहिरो अनुभूति गरे।निरङ्कुश सत्ताले पहिलो निशाना संचार क्षेत्रलाई गर्दो रहेछ भन्ने त्यो दिन मलाई टड्कारो अनुभूति भयो।

    Post Views: 419
    प्रकाशित मिति: २०८० माघ १९, शुक्रबार १४:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.