बर्दिया,माघ १८(माउण्टेनसमाचार)/ फरक समाचार राष्ट्रिय दैनिकका प्रमुख संवाददाता पत्रकार राम प्रसाद चौहान लुम्बिनी प्रदेश सरकारबाट सम्मानित भएका छन् । लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले श्रृजनशिल पत्रकारिता पुरस्कारबाट चौहानलाई सम्मानित गरेको हो ।

संचारकर्मी सम्मान तथा पुरस्कार वितरण सम्बन्धि कार्यविधि २०८० बमोजिम अग्रज पत्रकारिता पुरस्कार तथा श्रृजनशिल पत्रकारिता दुई विधामा लुम्बिनी प्रदेश सरकारले सम्मानित गरेको छ ।

लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय मन्त्रिस्तरिय निर्णय अनुसार पुरस्कृत संचारकर्मीहरुको नामावली सार्वजनिक गरिएको छ । लुम्बिनी प्रदेशको १२ वटा जिल्लाबाट एक/एक संचारकर्मीलाई श्रृजनशिल पत्रकारिता र एक जनालाई अग्रज पत्रकारिता पुरस्कारबाट संचारकर्मीहरुलाई लुम्बिनी प्रदेश सरकारले सम्मानित गरेको छ । पुरस्कृत संचारकर्मीहरुलाई प्रदेश स्थापना दिवसको अवसरमा आयोजा हुने समारोहमा पुरस्कार दिईने जनाईएको छ ।




