गुलरिया, माघ १७ गते / बर्दियाको गुलरियामा नेपाली काँग्रेस वडा नं ८ को बडा समितिले समुदायमा काँग्रेसको अभियानसँगै माघ १६ गते मंगलबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । गुलरिया नगरपालिकाको बडा नं ८ कोठियागाउँमा नेपाली काँग्रेस वडा कार्यसमितिले शहिद दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको नेपाली काँग्रेस क्षेत्र नम्बर १ (ख) प्रदेश समितिका सभापति विरबहादुर चौधरीले जानकारी बताए।

समुदायमा काँग्रेसको अभियान भब्यताका साथ सफल पारौं भन्ने नारासहित आयोजना गरिएको रक्तदान कार्यक्रममा १० पिन्ट रगत संकलन गरिएको समेत चौधरीले जानकारी दिए।
रगत अभाव भैरहेको बेलामा काँग्रेसको गाउँगाउँमा अभियान चलिरहँदा गरिएको रक्त संकलनले आकस्मिक सेवाका विरामीहरुलाई राहत पुग्ने विस्वास रहेको र नेपाली काङ्ग्रेसले उत्साह र उपयोगी कार्यक्रम गर्दै अभियानलाई पनि सफल पार्ने लक्ष्य लिएको चौधरीले भने ।




