बर्दिया,माघ १६(माउण्टेनसमाचार)/ श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको ३३औं वार्षिक उत्सव तथा ३४औं स्थापना दिवसको अवसरमा १९ जनाले रक्तदान गरेका छन् ।

गुलरिया नगरपालिकाको सहयोग, नेपाल रेडक्रस सोसाइटीको समन्वय र श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल लुम्बिनी प्रदेश जिल्ला समिति बर्दियाको आयोजनामा मंगलबार राधाकृष्ण चोकमा बृहत खुल्ला रक्तदान गरिएको हो ।
उक्त रक्तदान कार्यक्रममा १९ जनाले एक÷एक पिन्ट रक्तदान गरेको श्री कृष्ण प्रणामी युवा परिषद् बर्दियाका अध्यक्ष हेमन्त थारुले बताए ।




