बर्दिया,माघ १४(माउण्टेनसमाचार)/ आगलागी हुँदा गोठमा रहेका पशु चौपाया तथा धनमाल जलेर नष्ट भएको छ । गेरुवा गाउँपालिका–६ प्रसेनीपुरका मुक्त बहादुर बस्नेतको भान्सा तथा गोठमा आइतबार आगलागी भएको हो ।

खरले छाएको गोठमा भएको आगलागीमा परी एउटा भैंसी, एउटा पाडो, २ वटा बाख्रा, ५ वटा खसीबाख्रा, १५ वटा कुखुरा,एउटा साईकल र एउटा काठको दराज जलेर नष्ट भएको छ । आगलागीको कारण खुलेको छैन ।
आगलागी हुँदा रु ५ लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।




