• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पशुपतिनगर भन्सारमा राजश्व असुली बढ्यो

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १२, शुक्रबार २१:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पशुपतिनगर (इलाम) माघ १२ /भन्सार कार्यालय पशुपतिनगरमा राजश्व असुली बढ्न थालेको छ। ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा पशुपतिनगरमा आयोजित कार्यक्रममा कार्यालयले गत आर्थिक वर्षको तुलनामा राजश्व सङ्कलन बढेको जानकारी दिएको हो। हरियो तरकारी, छुर्पी, दूध, चिया, घिउ, चिज, गमला, लत्ताकपडा र  जुत्ता चप्पल भारत निर्यात हुँदै आएको पशुपतिनगर नाकाबाट भन्सार कार्यालय लक्ष्य अनुसार राजश्व सङ्कलन गर्न थालेको कार्यालय प्रमुख प्रविन सुब्बाले जानकारी दिनुभयो।

    आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ८९ लाख ९९ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा एक करोड दुई हजार (५२ दशमलव ६५ प्रतिशत) राजश्व सङ्कलन भएको थियो। यस्तै  २०७८/०७९ मा २ करोड ५३  लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ८७ लाख ३८ हजार (३४ दशमलव ४८ प्रतिशत) राजश्व सङ्कलन गरेको थियो। यस्तै २०७९/०८० मा दुई करोड ५० लाख ८५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा दुई करोड ७१ लाख ८२ हजार (१०८ प्रतिशत) राजश्व सङ्कलन गरेको थियो।

    आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक नतिजा अनुसार एक करोड ९१ लाख ७१ हजार राजश्व संंकलनको लक्ष्य लिएकोमा एक करोड ३४ लाख १३ हजार (६९ दशमलव ९६ प्रतिशत) राजश्व सङ्कलन गरेको कार्यालयका नायव सुब्बा विनोद आचार्यले जानकारी दिनुभयो।  सबै भन्दा बढी राजश्व अवैध कारोबार अन्तर्गत बरामद भएको सामग्री लिलामीबाट भएको कार्यालयले जनाएको छ। पशुपतिनगर भन्सार अन्तर्गत ८ वटा छोटी भन्सार कार्यालय रहे पनि सबै छोटी भन्सार कार्यालय यस अघि नै बन्द भैसकेका छन्।

    कार्यक्रममा सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या हुँदै आएको बताउनुभयो। भारत तर्फ भन्सार नहुँदा बिल इन्ट्री नहुने समस्याका कारण आयात निर्यातमा समस्या हुँदै आएको अध्यक्ष राईले जानकारी दिनु भयो । उक्त अवसरमा भारतीय सुरक्षा निकायका अधिकारी अजय कौशीकले भारत तर्फ भन्सार, क्वारेनटाइन लगायतका कार्यालय स्थापना गर्न भौगोलिक समस्या रहेको बताउनुभयो।

    इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुवै देशले सीमा क्षेत्रमा आवश्यक कार्यालय स्थापना गरेर आयात निर्यात सहज बनाउनुपर्ने बताउनुभयो। उहाँले भौगोलिक विकटताका कारण कार्यालय स्थापना गर्न सकिएन भन्ने भारतको भनाइमा सत्यता नरहेको बताउनुभयो। कार्यालय प्रमुख सुब्बाले खुला सीमा नाका भएका कारण चोरी पैठारी रोकिन नसकेको बताउनुभयो। कार्यक्रममा सबैभन्दा बढी कारोबार गर्ने सूर्योदय २ पशुपतिनगरका दादिकी शेर्पालाई सम्मान गरिएको थियो। उक्त अवसरमा कार्यालयका नायब सुब्बाद्वय विनोद आचार्य र प्रकाश सुन्दासलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो।

    भन्सार दिवसको उपलक्ष्यमा पहिलो सेवाग्राहीका रूपमा भारतको दार्जिलिङका दावानर्बु शेर्पालाई सम्मान गरेको नायब सुब्बा आचार्यले जानकारी दिनुभयो। कार्यक्रममा सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म पशुपतिनगर र इलाका प्रहरी कार्यालय पशुपतिनगरलाई समेत राजश्व सङ्कलनमा सहयोग गरेको भन्दै कदरपत्र प्रदान गरिएको छ। साभार गोरखापत्र अनलाइन

    Post Views: 204
    प्रकाशित मिति: २०८० माघ १२, शुक्रबार २१:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.