बर्दिया,माघ १२ (माउण्टेनसमाचार)/बर्दियामा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–३, मुन्न्नागौढीकी ८० वर्षिय चेतानन्द शर्माको जलेर शुक्रबार मृत्यु भएको हो ।

आगो ताप्ने क्रममा बिहीबार साँझ जलेर घाईते भएकी थिईन् ।
आगोले जलेर घाईते भएकी वृद्धको नेपालगंज स्थित भेरी अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।




