बर्दिया,माघ ११(माउण्टेनसमाचार)/ जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना बढैयाताल गाउ्रँपालिका र एक जना बाँसगढी नगरपालिकाका छन् । माघ २ गते बढैयाताल गाउँपालिकाकी एक नाबालिकालाई विवाह गर्ने फकाएर एक युवकले भगाएका थिए । युवकले माघ २ गतेदेखि ७ गतेसम्म पटक पटक जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

त्यसैगरि माघ ४ गते बाँसगढी नगरपालिकाकी एक नाबालिकालाई सोही ठाउँका एक युवकले जबरजस्ती करणी गरि फरार भएका थिए । प्रहरीले खोजतलासको क्रममा बिहीबार पक्राउ गरेको छ ।
बढैयाताल गाउँपालिका–२ जमुनी स्थित लुकिपिछि बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।




