• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

शिवराजमा थारू सङ्ग्रहालय सञ्चालन

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ११, बिहीबार ०२:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कपिलवस्तु, माघ १० गते / कपिलवस्तुको शिवराज नगरपालिकामा थारु सङ्ग्रहालय सञ्चालनमा आएको छ । नगरपालिकाको वडा –१ उमरीमा थारु संस्कृति, सभ्यता, रहनसहन, भेषभुषाको प्रवर्धन हुनेगरी सङ्ग्रहालय सञ्चालन गरिएको छ ।

    स्थानीय र भारतीय पर्यटकलाई लक्षितगरी आदिवासी थारु समुदायलाई समेटिएको लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले बताउनुभयो । संग्रहालय निर्माणमा शिवराज नगरपालिका र संघीय सरकारको ३ करोड बढी रकम खर्च भएको छ । संग्रहालयमा थारु सभ्यता जोगाउन परम्परागत सामग्री, भेषभुषा, गहना तथा थारु जातीको पहिचानसहितको प्रतिमा निर्माण भएको शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो ।

    सङ्ग्रहालयमा माछा मार्द‌ै गरेको महिला, थारु पहिरनमा सजिएका महिला तथा पुरुषका प्रतिमा निर्माण हुनेछ । थारु समुदायले परम्परागत प्रयोग गर्दैआएका सामग्री डोकवा, झउवा, खटिया, मचिया, चकिया, ढेकी, माटाका गाग्री, चुल्हा, लेहंगा, करवा, डरुवा, डोली, परगेहनी, पिर्का, मंगिया, कारा, बिंडियालगायतका पहिचान झल्किने सामग्री स्थानीयबाट संकलन गरिरहेको सङ्ग्रहालय संरक्षण समितिका अध्यक्ष प्रकाश थारुले बताउनुभयो । सङ्ग्रहालय सञ्चालनपछि स्थानीय पर्यटनको विकास हुने थारु अगुवा रामऔतार थारुले बताउनुभयो । सङ्ग्रहालय निर्माणले पर्यटनको विस्तार भइ स्थानीयलाई व्यावसायिक रुपमा फाइदा हुनुका साथै रोजगारी समेत सिर्जना हुने बताइएको छ । संग्रहालय अवलोकनका लागि न्यून दस्तुर राखिएको संरक्षण समितिले जनाएको छ ।

    गोरखापत्र/ जानु पाण्डे

    Post Views: 209
    प्रकाशित मिति: २०८० माघ ११, बिहीबार ०२:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.