• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हे वाल्मीकि !

  •  राजेन्द्रप्रसाद धिताल
  • २०८० माघ ८, सोमबार १९:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अध्यात्म आदर्शका हे महागायक!

    पूर्वीय काव्य जगतका हे महानायक!

    सतत नमन छ तिमीलाई

    तिम्रो कलालाई ,साधनालाई

    कल्पनालाई ,सिर्जनालाई

    हे महाकवि !

    कालजयी छ तिम्रो

    अनमोल कला सिर्जना

    जहाँ बगिरहेछ हरदम

    ज्ञान,विवेक ,भक्ति

    र वैराग्यको मधुर धारा

    गरेर जसको रसपान

    कृतार्थ भइरहेछ दुनियाँ

    आनन्द बागमा झुलिरहेछ

    विश्व जगत सारा।

    हे विराट कल्पनाका धनी !

    हे आदिकवि !

    जगतलाई मर्यादा पढाउन राम रच्यौ

    नारीको गरिमा बढाउन सीता रच्यौ

    प्रणय ,उत्सर्ग र कर्तव्यको कथा रच्यौ

    वीरता ,समर्पण र आदर्शको गाथा रच्यौ

    हे महर्षि !हे जगत गुरु !

    राजा ,पति ,पुत्र

    पत्नी ,भाइ अनि मित्र

    कस्ता हुन्छन्

    शिक्षा सिकाउन

    सत्ता र शक्तिको उन्माद

    सम्पत्ति र यौवनको मात

    प्राप्तिको आशा

    भोगको लालशा

    नाशवान हुन्छ भन्ने

    दीक्षा सिकाउन

    हे कवि !तिमीले रामायण रच्यौ

    मर्यादा पुरुषोत्तम राम रच्यौ

    तिम्रो अनुपम काव्यशिल्पले

    आज जनजनमा राम छन्

    जगतमा रामको नाम छ

    लोकमा रामलाई चिनाउने

    हे वाल्मीकि

    तिमीलाई लाखौंलाख प्रणाम छ।

    Post Views: 395
    प्रकाशित मिति: २०८० माघ ८, सोमबार १९:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.