• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बिजनेस भिसाका लागि अध्यागमन विभाग धाउन नपर्ने

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ६, शनिबार २२:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,माघ ६ /अब बिजनेस भिसाका लागि अध्यागमन विभाग धाउन नपर्ने भएको छ। अध्यागमन कार्यालयका महानिर्देशक रूद्रसिंह तामाङका अनुसार अब विभागले उद्योग विभाग अन्तर्गतको एकल विन्दु सेवा केन्द्रबाटै सेवाग्राहीले बिजनेस भिसा प्राप्त गर्ने व्यवस्था मिलाइएको जानकारी दिए। बिजनेस भिसामा जानेहरूले उद्योग विभागमा इन्ट्री गरेपछि त्यहीँबाट अनलाइनमार्फत अध्यागमन कार्यालयले विवरण प्राप्त गर्ने र डकुमेन्टका आधारमा अनलाइनबाटै भिसा जारी हुने व्यवस्था गरिएको महानिर्देशक तामाङले जानकारी दिए।

    यो सेवा माघ २ गतेदेखि नै सुरू भएको र यसले विभागमा इन्ट्री गरेपछि अध्यागमन गएर स्वीकृत गरी फेरि विभागमै जानुपर्ने अवस्थाको अन्त्य भएको छ। अब डकुमेन्ट भेरिफाइ गर्नुपरेको खण्डमा मात्र अध्यागमन कार्यालय जानुपर्ने महानिर्देशक तामाङले जानकारी दिए। विभागले चाँडै अनलाइन भुक्तानीको सुविधा पनि ल्याउन लागेको छ। त्यसका लागि मोबाइल एप्स बनाउने काम पनि अन्तिम चरणमा रहेको महानिर्देशक तामाङले बताए।

    अनलाइन भुक्तानीको प्रयोग सफल रहेमा नेपालमा पनि इ-भिसा सुरू गरिने उनले बताए। यसले नेपाल घुम्न आउने विदेशीहरूलाई धेरै सहज हुनेछ। यसबाट नेपाल आउने पर्यटकको संख्या वृद्धि गर्न पनि सघाउन पुग्ने महानिर्देशक तामाङले बताए।साभार सेतोपाटी

    Post Views: 164
    प्रकाशित मिति: २०८० माघ ६, शनिबार २२:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.