• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अटो रिक्सा र मोबाइल चोरेको आरोपमा तीन पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ६, शनिबार २१:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके, माघ ६/बाँके प्रहरीले अटो रिक्सा र मोबाइल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउपछि सार्वजनिक गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका–१५ का २९ वर्षीय गुड्डु जसगढ अटो रिक्सा चोरी गरेको आरोपमा पक्राउ परेका छन्। नेपालगञ्ज–९ स्थित घरमा पार्किङ गरिराखेको अटो रिक्सा माघ ३ गते राति पौने १२ बजेतिर चोरी गरेको आरोपमा जसगढलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।

    त्यस्तै, नेपालगञ्ज–२२ का २६ वर्षीय हकिकत अली किङ्गरिया मोबाइल चोरी गरेको आरोपमा माघ ४ गते पक्राउ परेका हुन्। नेपालगञ्ज–१२ स्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराउन आएका बिरामी तथा उनीहरूका कुरूवाको मोबाइल चोरी गरी भाग्ने क्रममा किङ्गरियालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी डाँगीले बताए।

    त्यस्तै, नेपालगञ्ज– १४ का २८ वर्षीय राजु जसगढ पनि अटो रिक्सा चोरी गरी भाग्दै गरेको आरोपमा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। माघ ४ गते राति नौ बजेतिर नेपालगञ्ज–१० भृकुटीमण्डपमा पार्किङ गरी राखिएको ने १ ह १०३० नम्बरको अटो रिक्सा चोरी गरेको आरोपमा जसगढलाई पक्राउ गरिएको डिएसपी डाँगीले जानकारी दिए।

    Post Views: 163
    प्रकाशित मिति: २०८० माघ ६, शनिबार २१:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.