बर्दिया,माघ ५ (माउण्टेनसमाचार) / प्रथम प्रादेशिक कृषि, सांस्कृतिक पर्यटन, औद्योगिक व्यापार तथा माघी महोत्सव बढैयातालमा शनिबार चर्चित गायिका प्रिती आलेको बेजोड प्रस्तुती रहने छ । प्रिती आलेलगायत अन्य कलाकारहरुको शनिबार बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

शनिबार गायक आरजे रासकोटी मगर, मोडल तथा डान्सर लक्ष्मी थारु र निशु शेर्पालीलगायत कलाकारहरुको प्रस्तुती रहने जनाईको छ ।
उद्योग वाणिज्य संघ बढैयातालको आयोजनामा पौष २६ गते देखि माघ ७ गतेसम्म मैनापोखरमा महोत्सव संचालन भईरहेको छ ।




