• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हुण्डी र क्रिप्टो कारोबार गरेको आरोपमा २ करोड नगदसहित अग्रवाल पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ५, शुक्रबार २०:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, माघ  ५ /हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नरेश अग्रवालसहित ३ जना पक्राउ परेका छन्। अग्रवाललाई काठमाडौंको क्षेत्रपाटी र अन्य दुई जनालाई न्युरोड लगायतका क्षेत्रबाट राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो। विभागका महानिर्देशक  नवराज ढुंगानाका अनुसार अग्रवालको समूहले हुण्डी र क्रिप्टो करेन्सीको कारोबार गर्दै आएको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

    उनीहरुको साथबाट २ करोड भन्दा बढी नेपाली रूपैयाँ र तीन हजार अमेरिकी डलर बरामद भएको महानिर्देशक ढुंगानाले जानकारी दिए।  नरेश अग्रवाल क्षेत्रपाटीमा कपडा पसल चलाउँदै आएका थिए। उनी सुनको अवैध कारोबारमा समेत संलग्न रहेको आशंका रहेको महानिर्देशक ढुंगानाले बताएका छन्। ‘क्रिप्टो र हुण्डीको कारोबार गर्थे भन्ने सूचना नै आएको हो। जुन क्षेत्रमा सुनको अवैध कारोबार भएको भनेर सूचना आउँछ त्यहाँ उनको कपडा पसल छ। अवैध सुनको कारोबारमा पनि उनको संलग्नता रहन सक्ने शंका छ,’ उनले भने।

    बिहीबार पक्राउ परेका बाँकी दुई जनाको भने परिचय खुलाएको छैन। उनीहरूको संलग्नताबारे अनुसन्धान भइरहेको महानिर्देशक ढुंगानाले जानकारी दिए। पक्राउ परेका अग्रवालमाथि आजबाट थप अनुसन्धान अगाडि बढाइने ढुंगानाले जानकारी दिएका छन्।

    Post Views: 242
    प्रकाशित मिति: २०८० माघ ५, शुक्रबार २०:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.