• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बजेट अभावमा बन्द छ हेटौंडा सिमेन्ट, तर १० करोडको सिमेन्ट गोदाममै

  •  माउण्टेन संवाददाता
  • २०८० माघ ४, बिहीबार १९:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, माघ ४ गते / कोइला खरिद गर्ने बजेट नभएपछि दशैंपछि बन्द भएको हेटौंडा सिमेन्ट उद्योग खोल्नुपर्ने माग गर्दै मजदुरहरु आन्दोलनमा छन् ।

    उद्योग निरन्तर बन्द भइरहेको र व्यवस्थापन पक्षले सञ्चालनमा चासो नदिएको भन्दै अखिल नेपाल औद्योगिक मजदुर संघले माघ पहिलो हप्तादेखि उद्योगमा धर्ना सुरु गरेको छ ।

    उद्योगका कामु नायब महाप्रबन्धक इन्जिनियर नवीनकुमार कर्ण उद्योग सञ्चालन गर्न कोइला अभाव भएको र खरिद गर्न बजेट नभएका काण उद्योग बन्द गर्नुपरेको बताउँछन् । ‘कोइला अभाव भएकाले उद्योग सञ्चालन हुन पाएको छैन । प्याकिङ प्लान्ट चलाइरहेका छौं’, उनले भने ।

    उद्योगको भण्डारणमा करिब ६०० मेट्रिक टन कोइला छ । एक महिना उद्योग चलाउन कम्तीमा तीन हजार मेट्रिक टन कोइला आवश्यक पर्ने कर्ण बताउँछन् । ‘त्यति कोइला किन्न उद्योगसँग बजेट छैन’, उनले भने ।

    मजदुरहरुले भने व्यवस्थापकीय कमजोरीका कारण उद्योग बन्द हुन पुगेको आरोप लगाएका छन् । उद्योगको गोदाममा करिब १० मेट्रिक टन सिमेन्ट थन्किएको छ, यसको बजार मूल्य ९ करोड ७० लाख रुपैयाँ हुने नायब महाप्रबन्धक कर्ण बताउँछन् ।

    अखिल नेपाल औद्योगिक मजदुर संघको हेटौंडा सिमेन्ट उद्योग इकाइका अध्यक्ष दीपक सिंह थोकर व्यवस्थापनले गोदाममा थन्केको सिमेन्ट बेच्न छाडेर अनुदानको आशामा बसेको आरोप लगाए । ‘सिमेन्ट बिक्री गर्ने मार्केटिङ पोलिसी व्यवस्थापन पक्षसँग छैन’, उनले भने ।

    नायब महाप्रबन्धक कर्ण भने सिमेन्ट बिक्री नभएको जिकिर गर्छन् । २०७९ चैतमा नियुक्त भएका उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डे भने काठमाडौंमा बस्दै आएका छन् । उनी उद्योगको विषयमा जानकार समेत नरहेको मजदुर इकाइ समितिका अध्यक्ष थोकरले बताए ।

    ‘उहाँ काठमाडौंमा मात्रै बसिरहनुहुन्छ । कृषि क्षेत्रको प्रशासनिक कर्मचारीलाई यहाँ ल्याएपछि उद्योग टाट पल्टिनु स्वभाविकै हो’, उनले भने ।

    २०३३ सालमा १ अर्ब ३८ करोड ९० लाख रुपैयाँ लगानीमा स्थापना भएको हेटौंडा सिमेन्ट उद्योगले २०४३ साल मंसिर २६ गतेदेखि व्यावसायिक रुपमा सिमेन्ट उत्पादन गर्न थालेको थियो ।

    दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएको उद्योगले वर्षमा २७ लाख बोरा उत्पादन गर्न सक्छ । पछिल्ला वर्षहरुमा भने १८ देखि २० लाख बोरा उत्पादन गर्दै आएको छ ।

    पछिल्लो समय नियमित सिमेन्ट उत्पादन नगरेका कारण हेटौंडा सिमेन्टको बजार खुम्चिदै गएको छ । त्यसको ठाउँमा निजी कम्पनीबाट उत्पादिन सिमेन्टले लिइरहेका छन् ।

    निरन्तर घाटामा उद्योग

    आर्थिक वर्ष २०६६/६७ र २०६७/६८ मा दुई वर्ष नाफामा रहेको उद्योग आर्थिक वर्ष २०६८/६९ देखि २०७०/७१ सम्मको तीन वर्ष लगातार घाटा ब्यहोर्‍यो । आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म चार वर्षमा भने नाफा कमाएएको उद्योग त्यसयता निरन्तर घाटामा छ ।

    हेटौंडा सिमेन्ट उद्योगले आर्थिक वर्ष २०७५/७६ यता करिब ९० करोड रुपैयाँ घाटा ब्यहोरेको छ । उद्योगका मेसिनहरु पनि पुरानो भएपछि नयाँ उपकरण जडान गर्न उद्योगले सरकारसँग एक अर्ब ६० करोड रुपैयाँ माग गरेको छ ।

    उद्योग राम्रोसँग सञ्चालन गर्न नयाँ मेसिन जडान गर्नुपर्ने महाप्रबन्धक बसन्तराज पाण्डेले बताए । सरकारबाट सहजै अनुदान आउने नदेखिएपछि उद्योगको नाममा रहेको जग्गा बिक्री गर्न खोजेका पाण्डे विवाद भएपछि पछि हटेका थिए ।

    उद्योगले आर्थिक वर्ष २०६६/६७ मा ८४ हजार ९ सय ६ मेट्रिक टन सिमेन्ट उत्पादन गरी ११ करोड ७० लाख १६ हजार नाफा गरेको थियो । २०७१/७२ मा ५ करोड ३२ लाख, २०७२/७३ मा चार करोड ६५ लाख ५० हजार, २०७३/७४ मा १५ करोड ४८ लाख ७७ हजार, २०७४/७५ मा १६ करोड ३६ लाख नफा गरेको तथ्यांक छ ।

    आर्थिक वर्ष २०७७/७८ मा १७ करोड ४ लाख, २०७८/०७९ मा १० करोड ६९ लाख, २०७९/८० मा १० करोड रुपैयाँ घाटा व्यहोरेको छ । अनलाइनखबर

    Post Views: 231
    प्रकाशित मिति: २०८० माघ ४, बिहीबार १९:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.