बर्दिया,माघ ३(माउण्टेनसमाचार) / गुलरिया नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय गुलरियामा लाउन्डरी कक्ष स्थापना भएको छ ।

स्थापना भएको लाउन्डरी कक्षको बुधबार उद्घाटन भएको हो । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले लाउन्डरीको उद्घाटन गरेका छन् ।
गुलरिया नगरपालिकाले सहयोग स्वरुप ३ वटा वासिङ्ग मेसिन जिल्ला प्रहरी कार्यालयमा स्थापना भएको लाउन्डरी कक्षको लागि उपलब्ध गराएको छ ।




