• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पार्टी पुनः निर्माणको काममा अघि बढेको छ : अध्यक्ष प्रचण्ड

  •  माउण्टेन संवाददाता
  • २०८० माघ १, सोमबार १५:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    सन्धिखर्क, माघ १ गते / प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी पुनः निर्माणको काममा अघि बढेको बताउनुभएको छ ।

    जनतासँग माओवादी विशेष रूपान्तरण अभियान, विधान मस्यौदा अधिवेशन र विशेष महाधिवेशनसम्म जाँदा पार्टी पूर्णरुपले पुनः निर्माण हुने उहाँको भनाइ छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति अर्घाखाँचीद्वारा सोमबार आयोजित राजनीतिक एवम् वैचारिक प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पार्टी पुनः निर्माण र सरकारका काम कामकारबाहीलाई फरक ढङ्गले लगेका छौँ । म युगाण्डाबाट फर्किएपछि थप प्रभावकारी रूपमा काम अघि बढाउँछु ।”

    प्रधानमन्त्री प्रचण्डले पार्टीका अभियान, विचार र सिद्धान्तलाई जनतासम्म पुगाउन सरकारका राम्रा कामका बारेमा जनतालाई सुसूचित गराउन र जनतासँग नजिकको सम्बन्ध स्थापित गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेशका पूर्व सदस्य चन्द्रबहादुर खड्का माओवादी केन्द्रमा प्रवेश गर्नुभयो ।

    प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसैको आधारमा दोस्रो वर्ष थप उपलब्धिमूलक बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले सरकारको नेतृत्व लिँदा अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा थियो । तर, एक वर्षको अनवरत प्रयासबाट देश र जनतासामु विद्यमान चुनौती सम्बोधन हुँदैगएका छन् ।”

    प्रधानमन्त्रीले पछिल्लो एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा राम्रो सुधार आएको चर्चा गर्दै भन्नुभयो, “यस अवधिमा अर्थतन्त्रमा महत्त्वपूर्ण सुधार आएको छ । विदेशी मुद्राको सञ्चितिमा इतिहासमै ठुलो प्रगति भएको छ । पर्यटन आगमनमा गुणात्मक वृद्धि भएको छ ।”

    प्रधानमन्त्री प्रचण्डले सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन छिट्टै पारित गरेर कार्यान्वयन लैजाने बताउनुभयो । पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन पनि प्रधानमन्त्री प्रचण्ड पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुनु भएको थियो ।

    नेपाली काँग्रेसकी नेता एवम् प्रतिनिधि सभाकी पूर्व उपसभामुख पुष्पा भुसालले अर्घाखाँचीको सडक, शिक्षा स्वास्थ्य, कृषि र पर्यटनको विकासमा केन्द्रीय योजनाहरू हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आर्थिक विकास गरी गरिबीको अन्त्य हुन जरुरी छ । संविधानको कार्यान्वयन सुशासन कायम गर्नु छ । शान्ति प्रक्रियाको टुङ्गो नलाग्दासम्म समग्र विकास हुन सक्दैन ।”

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले जिल्लाको समृद्धिको हकमा साझा दृष्टिकोण बनाएर जानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “समृद्धिका लागि कृषि र पर्यटकीय क्षेत्रको पूर्वाधार विकास जरुरी रहेको छ, सरकारले विकास र आर्थिक समृद्धिको लागि विशेष ध्यान दिएको छ ।”

    पर्यटन विकासले अर्घाखाँचीको आर्थिक समृद्धि गर्ने भएकाले पर्यटन कार्यक्रम गरिएको उहाँको भनाइ छ । राजनीतिक परिवर्तनपछि अब आर्थिक समृद्धि र विकासको राष्ट्रिय एजेण्डा भएको उहाँले बताउनुभयो ।

    लुम्बिनी प्रदेश सभा सदस्य राम्जीप्रसाद घिमिरेले पर्यटनको विकाससँगै आर्थिक विकास गर्न सकिने बताउनुभयो । स्थानीय तहको बजेटले जिल्लाको पर्यटन विकास गर्न नसकिने भन्दै महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । गोरखापत्र(राधा नेपाली)

    Post Views: 234
    प्रकाशित मिति: २०८० माघ १, सोमबार १५:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.