आज पुस २९ गते देखि बर्दियाको बाँसगढीमा सञ्चालन हुने बाँसगढी महोत्सवको उद्घाटन गर्न नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्का आउने भएका छन ।


“कृषि, पर्यटन, व्यापार, तथा संस्कृतिको पहिचान विकास र समृद्धिमा हामि सबैको अभियान” भन्ने मुल नाराका साथ बर्दियाको बाँसगढीमा आज पुस २९ गते आइतबार देखि छैठौ बाँसगढी औद्योगिक , कृषि , पर्यटन , व्यापार मेला तथा बर्दिया माघी महोत्सवको समुद्घाटन नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काबाट हुने बाँसगढी उद्योग वाणिज्य संघ बर्दियाका अध्यक्ष बद्धिनाथ बरालले बताए ।

बाँसगढी उद्योग वाणिज्य संघ बर्दियाको मुख्य आयोजनामा आज पौष २९ गते देखी माघ ९ गते सम्म दश दिनको लागि महोत्सव सञ्चालन हुने अध्यक्ष बरालले जानकारी दिए।
महोत्सवमा अनुमानित ५० पचास लाख खर्च हुने महोत्सवको मुख्य आकर्षणको रुपमा थारु गाउँमा थारु भेषभूषा, परम्परागत प्रयोगमा ल्याएका सामाग्री सहित थारु गाँउको परिकार रहने आयोजकका अध्यक्ष बरालले बताए। महोत्सवको अन्य आकर्षणमा नया प्रविधिका कृषि सामग्री, स्थानीय उत्पादनको बजारीकरणका साथ प्रचारप्रसार रहने र स्थानीय हस्तकला सामाग्री प्रर्दशनीका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले भरपुर मनोरन्जन रहने अध्यक्ष बरालले भने ।

यो महोत्सवबाट स्थानीय कला संस्कृतिको प्रचारप्रसारले आन्तरिक तथा बाह्य पर्यटकहरु आगमनले यस क्षेत्र को पर्यटन व्यवसायमा समेत टेवा पुग्ने बरालले भने ।
महोत्सवबाट हुने आम्दानी रकम बाट बन्दै गरेको निर्माणाधीन बाँसगढी उद्योग वाणिज्य संघको भवन निर्मणामा खर्च हुने बाँसगढी उद्योग वाणिज्य संघ बर्दियाका अध्यक्ष बद्धिनाथ बरालले बताए ।




