मैनापोखर, पुस २७ गते(माउण्टेनसमाचार) / बढैयाताल गाउँपालिकाको मैनापोखरमा पुस २६ गते देखि जारी बढैयाताल महोत्सवमा आज पुस २७ गते राष्ट्रिय कलाकारहरु सृजना खत्री र एम टी मगर र दर्पन कुस्मी रहने भएको छ।


महोत्सवमा आज शुक्रबार राष्ट्रिय कलाकारहरु सृजना खत्री र एम टी मगर र दर्पन कुस्मी को प्रस्तुती रहने आयोजक बढैयाताल उद्योग वाणिज्य संघ मैनापोखरका उपाध्यक्ष पार्वती काफ्लेले जानकारी दिनु भएकोछ। आज हुने कार्यक्रम राष्ट्रिय कलाकारको प्रस्तुतीका साथ बढैयाताल आइडल सिजन छनौट समेत रहेको र स्थानीय कलाकारहरु साथ सांस्कृतिक प्रस्तुती समेत हुने उपाध्यक्ष काफ्लेले बताउनु भयो ।

पुस २६ गते देखि बढैयाताल उद्योग वाणिज्य संघ मैनापोखर द्वारा सञ्चालित प्रथम प्रादेशिक बढैयाताल कृषि पर्यटन औद्योगिक व्यापार तथा माघी महोत्सव २०८० को समापन माघ ७ गते हुनेछ।

महोत्सवबाट स्थानीय उत्पादनको बजारीकरण को सम्भावना हुने साथै स्थानीय उत्पादनले भोलिको बजार को सम्भावना समेत रहने उपाध्यक्ष काफ्लेले जानकारी दिनु भयो । महोत्सवमा १ सय ५० स्टल रहेका छन भने १ लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान आयोजकले गरेका छन।





