बर्दिया,पौष २५(माउण्टेनसमाचार) / ब्लाङकेट सल्केर आगलागी हुँदा एक महिला घाईते भएकी छन् । राजापुर नगरपालिका–५ झप्टीकी ७५ वर्षिय सोहनी थारु बुधबार घाईते भएकी छन् ।

प्रहरीका अनुसार बुधबार साढे तीन बजे सुत्ने कोठा तातो बनाउन उक्त महिलाले कोठामा आगो बालेकी थिईन् ।
बालिएको आगोले महिलाले ओढेको ब्लाङकेट सल्केर आगलागनी हुँदा महिला जलेर घाईते भएकी छन् । उपचारको लागि नेपालगंज लगिएको प्रहरीले जनाएको छ ।




