• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हप्तामा तीन/तीन दिन सदन र संसदीय समिति चलाउने सभामुखको प्रस्ताव

  •  माउण्टेन संवाददाता
  • २०८० पुष १९, बिहीबार २०:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौ,पौष १९ / सभामुख देवराज घिमिरेले संसदीय क्यालेण्डर बनाउने गृहकार्य अघि बढाएका छन् । प्रारम्भिक क्यालेण्डर बनाएरै सभामुख घिमिरेले बुधबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका थिए । बिहीबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसँग छलफल गरेका छन् ।

    हप्तामा तीन दिन प्रतिनिधिसभाको बैठक र तीन दिन संसदीय समितिको बैठक गर्नेलगायतको प्रस्ताव गरिएको छ । बढीमा एक महिनाको क्यालेण्डर बनाउने र त्यसपछि आवश्यकता अनुसार परिमार्जन गरेर जान सकिने गरी संसदीय क्यालेण्डर बनाउने गृहकार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ । शून्य समय, विशेष समयलाई व्यवस्थित गर्नेदेखि विधेयकमाथिको छलफलको विषयलाई पनि क्यालेण्डरमै राख्ने तयारी छ ।

    प्रतिनिधि सभा नियमावली २०८० मा संसदीय क्यालेन्डरको विषय समावेश छ । नियमावलीको नियम २५५ मा यससम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘सभाले सुव्यवस्थित ढंगले कार्यसम्पादन गर्ने सम्बन्धमा कार्यतालिका बनाई लागू गर्न सक्नेछ ।’ यसअघि संसदको वर्षे अधिवेशन अन्त्य हुने अघिल्लो दिन १४ वैशाख २०८० मा पनि सभामुखले संसदीय क्यालेण्डरको विषयमा राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।

    कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार त्यसबेला सभामुख घिमिरेले संसदको चालू अधिवेशन अन्त्य हुनु अघिल्लो दिन सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकमा समेत बजेट अधिवेशनदेखि संसदीय क्यालेण्डर लागू गर्नुपर्ने बताएका थिए । संसद सचिवालयका अनुसार सभामुख घिमिरेले सुरुदेखि संसदीय क्यालेण्डर लागू गर्ने विषयमा चासो राख्दै आएका छन् ।

    सुरुवात गर्ने र अभ्यासमा गएपछि त्यसका सफ्ठेरा र अफ्ठेराहरु विषयहरु पहिचान गरी सुधार गर्दै लैजाने सभामुख घिमिरेको भनाइ रहँदै आएको छ ।राजनीतिक दलहरुका बीचमा हुने बेमेलले संसदीय क्यालेण्डर लागू गर्न हुन सक्ने अवरोध र त्यसलाई चिर्न अपनाउन सकिने उपायका विषयमा समेत सभामुख घिमिरेको चासो रहेको छ ।

    Post Views: 200
    प्रकाशित मिति: २०८० पुष १९, बिहीबार २०:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.