बर्दिया,पौष १५ (माउण्टेनसमाचार) / घाँटीमा मासुको हड्डी अड्केर एक बालिकाको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–८ तिलकनाकी ७ वर्षिय करिश्मा परियारको घाँटीमा मासुको हड्डी अड्केर आज बिहान मृत्यु भएको हो ।

आज बिहान मासु खाईरहेको बेला बालिकाको घाँटीमा मासुको हड्डी अड्किएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
बालिकालाई बर्दिया अस्पताल पु¥याउँदा बालिकाको मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।




