१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय समिति बैठकको निर्णय सुनाउँदै पार्टी प्रवक्ता मीन विश्वकर्माले राष्ट्रियसभा निर्वाचनमा सकेसम्म सहमतिमै गठबन्धनबाट साझा उम्मेदवार बनाउन पहले गर्ने निर्णय भएको बताए ।

उनले यसअघि अवसर नपाएका र अरु जिम्मेवार भूमिकामा नभएकाहरुलाई पार्टीको तर्फबाट राष्ट्रियसभामा अघि सार्ने निर्णय भएको बताए ।
उनका अनुसार बैठकले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दालाई राजनीतिक सहमतिकै आधारमा टुंग्याउनुपर्नेमा जोड दिएको छ । त्यस्तै कांग्रेसले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति बनाउन माग गरेको छ ।




