• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

वार्षिक सामाजिक परीक्षणमा कमैया महिलाका लाभग्राही सन्तोषजनक

  •  माउण्टेन संवाददाता
  • २०८० पुष १५, आईतवार ०९:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,पौष १५/ कमैया महिला जागरण समाजको वार्षिक सामाजिक परीक्षणमा परियाजनाका प्रत्यक्ष लाभग्राही सन्तोषजनक देखिएका छन् । कमैया महिला जागरण समाजद्वारा संचालित कार्यक्रमबाट लाभग्राही सन्तोषजनक रहेको वार्षिक सामाजिक परीक्षण कार्यक्रममा शुक्रबार प्रतिक्रिया दिएका हुन् ।

    कमैया महिलाले सिपमुलक तालिम दिएर बेरोजगार रहेकालाई रोजगारी दिएको बढैयाताल गाउँपालिका–७ की मन प्यारी थारुले बताईन् । ‘पहिला सिप नहुँदा तरकारी बेच्न नेपालगंजसम्म जानु पर्ने बाध्यता थियो’ उनले भनिन्,‘तर कमैया महिलाले सिलाई कटाई, भैंसी पालन, तरकारी खेती जस्ता तालिम दिएको छ ।’ संस्थाले भैंसी पालनको लागि सहयोग गरेर सघांएको छ ।अहिले भैंसी पालेको छु । भैंसी पालनबाट आम्दानी गर्ने योजना रहेको सुनाईन् ।

    पहिला तरकारी खेती कसरी गर्ने तरिका थाहा नपाउँदा धेरै समस्या भएको राजापुरकी कल्पना थारुले बताईन् । ‘कमैया महिला जागरणबाट संचालित कार्यक्रमले तरकारी गर्ने तालिम दिएको छ’उनले भनिन्,‘पछिल्लो समयमा बेमौसमी तरकारी र च्याउ उत्पादन गरि सजिलै बिक्री वितरण गरेर राम्रो आम्दानी गरेको छु ।’

    संस्थाद्वारा संचालित युवा नेतृत्वको लागि सहकार्य परियोजनाले धेरै राम्रो कुरा सिकाएको राजापुर युवा बखरीबाट सहभागिता जनाएका सहभागिहरुले बताईन् । पहिला हामीले मनमा लागेको कुरा अगाडि गएर बोल्न सक्थेनौं । यस परियोजाले व्यक्तित्वको विकास गरेको छ । यस परियोजनाको कारणले गर्दा हाम्रो साथीहरु अहिले विभिन्न ठाउँमा जागिर गरिरहेको जनाईन् । यस परियोजनाले पालिकामा बाल विवाह, लागु औषध न्युनिकरण गर्न सचेतनामुलक र सामाजिक मुद्दामा काम गरिरहेको जानकारी दिईन् ।

    संस्थाले एक वर्षमा गरेको काम लाभग्राही र सरोकारवाला समक्ष राख्दा पारदर्शी र भएका कमजोरी सुधार गरि आगामी योजना बनाउ सकिने सहभागिहरुले बताएका थिए ।

    कमैया महिला जागरण समाजद्वारा तीन वटा कार्यक्रम संचालित छन् । स्थानीय अधिकार कार्यक्रम र कृषिमा आधारित बधुवा श्रमको अन्त्य परियोजना चार वटा पालिकामा संचालित रहेको कार्यक्रम संयोजक रमेश चौधरीले बताए । ‘राजापुर, बाँसगढी नगरपालिका र गेरुवा र बढैयाताल गाउँपालिकामा कार्यक्रम चलिरहेका छन्’कार्यक्रम संयोजक चौधरीले भने,‘त्यसैगरि युवा नेतृत्वको लागि सहकार्य परियोजना राजापुर नगरपालिकामा संचालित छ ।’

    मुक्त कमैयाको हकहितका लागि आफु साथमा रहेको सामाजिक परीक्षण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद राज कुमार थारुले बताए । कमैयाहरु दासताको जिवन बिताए आज यहाँसम्म आएको कमैया महिला जागरण समाजकी अध्यक्ष बिरुणी थारुले बताईन् ।

    ‘कमैयाहरुलाई सरकारले विभिन्न बहानामा दुख दिईरहेको छ’उनले भनिन्,‘जंगलमा, जग्गाधनीहरुको जग्गामा मुक्त कमैयाहरुको कित्ताकाट गरेको छ ।’ यस्ता समस्यालाई समाधान नगरेसम्म कमैया महिला जागरणले आवाज उठाइरहने अध्यक्ष थारुले सुनाईन् । वार्षिक सामाजिक परीक्षणको सहजीकरण लक्ष्मण ढुङगानाले गरेका थिए । साभार फरकसमाचार

    Post Views: 228
    प्रकाशित मिति: २०८० पुष १५, आईतवार ०९:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.