• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मन्त्रीको गाडी आगजनी गरेपछि स्थितिलाई नियन्त्रणमा लिन खोज्दा दुई जनाको ज्यान गयो: ललितपुर प्रहरी

  •  माउण्टेन संवाददाता
  • २०८० पुष १३, शुक्रबार २०:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,पौष १३ / जिल्ला प्रहरी परिसर ललितपुरले स्थितिलाई नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको बताएको छ। शुक्रबार साँझ परिसरका प्रवक्ता एसपी नवराज कार्कीले घटनाबारे विज्ञप्ति जारी गर्दै आक्रोशित भीडलाई नियन्त्रणमा लिन बल प्रयोग गर्दा दुई जनाको ज्‍यान गएको बताएको हो।

    ज्यान गुमाउनेमा अछाम चौरपाटी गाउँपालिका-१ बस्ने २१ वर्षीय वीरेन्द्र शाह र दैलेख, महावु गाउँपालिका-६ घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय सुजन रावत छन्। एसपी कार्कीका अनुसार शुक्रबार बिहान ८ बजेदेखि नै ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित इपिएस कार्यालय अगाडि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा सहभागिताको विषयलाई लिएर २५ सयदेखि ३ हजार जना भेला भएका थिए।

    ‘बिहानै भेला भएपछि प्रहरी कार्यालयमा केन्द्रित भएको थियो। उच्च अदालतमा पनि सुनुवाइ हुँदै थियो। त्यहाँ पनि केही मानिसहरू भेला भएका थिए। हामीले त्यहाँ पनि प्रहरी खटाएका थियौं,’ एसपी कार्कीले कुरा गर्दै भने। त्यसैक्रममा इपिएस कार्यालयबाहिर परीक्षार्थीहरूले सुरक्षामा खटिएका प्रहरीमाथि बल प्रयोग गरेको उनले बताए।

    प्रहरीमाथि ढुंगामुढा गर्दा डिएसपी उमेश लम्साल, प्रहरी सहायक हवल्दार सुशिल सुवेदी, प्रहरी जवान निर्माणबाबु सेजुवाल तथा सशस्त्र प्रहरीतर्फ पनि चार जना घाइते भएको उनले बताए। प्रहरी घाइते भएपछि भीडलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको एसपी कार्कीले बताए। ‘कार्यालयबाहिर अश्रु ग्यास प्रहार गरेपछि उनीहरू सडकमा आइपुगेका हुन्। त्यहाँ आक्रोशित भएर निस्किएको भीडले मन्त्रीज्यूको गाडी फेला पारे,’ उनले भने।

    भौतिक, पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर टायरमा ढुंगाको ओट लगाएको पाइएको थियो। त्यसपछि हावा फुस्काएर गाडी तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ। विशिष्ट व्यक्तिको सुरक्षा र थप क्षति हुनबाट जोगाउन स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले भीडलाई सम्झाउन समेत खोजेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

    सामान्य बल प्रयोग गर्दा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले गोली चलाएको एसपी कार्कीले बताएका छन्।  ‘प्रहरीले आक्रोशित भीडलाई तोडफोड आगजनी नगर्न सम्झाइबुझाइ गर्दा नमानेकोले सामान्य बल प्रयोग गर्दासमेत स्थिति नियन्त्रणमा नआइ टियर ग्यास, रबर बुलेट प्रहार गर्दा पनि स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले आक्रोशित भीडलाई नियन्त्रण गरी थप क्षति हुनबाट रोक्न सिलसिलेबार बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको हो,’ प्रहरीको विज्ञप्तिमा उल्लेख छ।

    वीरेन्द्रको तिघ्रामा गोली लागेको थियो। उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। सोही स्थानमा भागदौडको क्रममा सुजन घाइते भएको प्रहरीले जनाएको छ। उनको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस घटनापछि प्रहरीले अनुसन्धानका लागि ७३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

    Post Views: 274
    प्रकाशित मिति: २०८० पुष १३, शुक्रबार २०:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.