• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्वास्थ्य बीमा गर्नेले उपचार खर्चको १० प्रतिशत व्यहोर्नुपर्ने कार्यविधि तयार

  •  माउण्टेन संवाददाता
  • २०८० पुष ११, बुधबार २०:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,पौष ११ / स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । स्वास्थ्य बीमा गरेको व्यक्तिले अस्पतालमा अनावश्यक रुपमा स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क तिर्नुपर्ने गरी बोर्डले कार्यविधि बनाएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ७ (१) र दफा ४१ दिएको अधिकार प्रयोग गरी सहभुक्तानी (को–पेमेन्ट) कार्यविधि जारी गरेको जनाएको छ । उक्त कार्यवधि बोर्डबाट पारित भएको तीन महिनाभित्र लागू हुने बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले जानकारी दिए ।

    कार्यविधि लागू भएपछि स्वास्थ्य बीमा गरेको व्यक्ति उपचार गर्न अस्पताल जाँदा लागेको खर्चको १० प्रतिशत आफ्नै खल्तीबाट व्यहोर्नुपर्छ । अस्पतालबाट प्रदान गरिने बहिरंग सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, उपचारात्मक सेवा, शल्यक्रिया सेवा, फिजीयोथेरापी सेवा, पुनर्स्थापना सेवा आदिमा दश प्रतिशत सह–भुक्तानीको व्यवस्था लागू हुनेछ ।

    तर आमा सुरक्षा कार्यक्रम, बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम, क्षयरोग, कुष्ठरोग, औलो, कालाजार, हात्तीपाइले तथा सरकारले निःशुल्क निदान तथा उपचार गर्ने भनी तोकेका सरुवा रोगहरुमा सह–भुक्तानीको व्यवस्था लागू हुँदैन । ‘बीमितमा जसरी पनि एक लाख रुपैयाँ सक्नुपर्छ भन्ने मानसिकता छ । ६ महिनामा गर्नुपर्ने परीक्षण एक–दुई महिनामै गर्ने गरेको पाइयो’, डा. लोहनीले भने, ‘आफू बिरामी नभई बीमा रकम बचेमा त्यो प्रिमियम अरूलाई सहयोग हुन्छ भन्ने बुझाइ पनि भएन ।’

    बीमितहरुले आफ्नो सुविधा बराबरको रकम सक्न अनावश्यक परीक्षण गराउन चिकित्सकलाई दबाब दिने प्रचलन बढ्न थालेपछि १० प्रतिशत बीमितले नै व्यहोर्ने व्यवस्था लागू गर्न लागिएको डा. लोहनीको भनाइ छ । खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व लगायत जनस्वास्थ्य सेवा अन्तर्गतका कार्यक्रम, महामारी, सामूहिक भवितव्य, दुर्घटना, सर्पदंश, कुकुरको टोकाई, योग, पोषण शिक्षा, मनोसामाजिक परामर्श जस्ता सेवामा पनि सह–भुक्तानीको व्यवस्था लागू हुने छैन ।

    प्राथमिक स्वास्थ्य केन्द्र र २५ शय्या सम्मका सरकारी अस्पतालमा पनि सहभुक्तानीको व्यवस्था लागु हुने छैन । संघीय अस्पताल, २५ शय्या माथिका प्रादेशिक अस्पताल, निजी वा सामुदायिक अस्पतालमा भने सहभुक्तानीको व्यवस्था लागु हुनेछ । अति गरिब, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, अपांगताको रातो कार्ड पाएको व्यक्ति एचआइभी एड्स संक्रमित जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकाका लागि पनि को–पेमेन्ट लागू हुने छैन ।

    अध्यक्ष डा. लोहनीका अनुसार बीमितले बिरामी नभए पनि बीमा मार्फत पाइने एक लाख रुपैयाँको सुविधा थैली उपयोग गर्न होलबडी परीक्षण, सिटीस्क्यान, भिडियो एक्सरे लगायतका परीक्षण गर्ने प्रचलन बढ्दै गएको छ । त्यस्ता अनावश्यक परीक्षणलाई रोक्न बीमितले पनि तिर्ने नियम बनाइएको हो । अब बीमितले ५ हजार रुपैयाँ तिरेर सिटीस्क्यान गराउन चाहे बीमा थैलीबाट ४५ सय काटिन्छ भने ५ सय रुपैयाँ बीमितले तिर्नुपर्छ । ‘यो व्यवस्था लागू गर्दा अनावश्यक परीक्षण रोकिनुका साथै राज्यको स्रोतमा हुने हानीलाई रोक्न सकिन्छ’, डा. लोहनीले भने ।

    स्वास्थ्य संस्थाहरुले सुविधा थैलीमा भएको व्यवस्था अनुसार सेवाग्राहीलाई खर्च र सुविधाको थैली बारेमा स्पष्ट बुझाइ कुल खर्चको दश प्रतिशतले हुन आउने रकम सेवाग्राहीसंग लिनुपर्नेछ । सेवा प्रदायक स्वास्थ्य संस्थाले रकम भुक्तानी लिएपछि बाँकी ९० प्रतिशत सोधभर्ना लिनुपर्ने विवरण स्पष्ट रुपमा समावेश गरी बीमा बोर्डसँग नियमानुसार दाबी गर्नु पर्नेछ । साभार अनलाइनखबर

    Post Views: 301
    प्रकाशित मिति: २०८० पुष ११, बुधबार २०:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.