• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

‘सेवाग्राहीको सेवा नै पहिलो प्राथामिकता’

  •  माउण्टेन संवाददाता
  • २०८० पुष ११, बुधबार २०:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, पौष ११ / प्रमुख जिल्ला अधिकारी बेद प्रकाश खरेल मंगलवार पत्रकारसँग साक्षात्कार भएका छन् । दुई दिन अघि हाजिर भएका प्रजिअ खरेलले सूचनाको आदान प्रदान गरेर नै सेवाग्राही मैत्रि प्रशासन अनुभुति हुने उल्लेख गर्दै सेवाग्राही मैत्रि प्रशासनको अवधारणा अहिले आवश्यक्ता रहेकोे औल्याए । जिल्लामा रहेका समस्यालाई समाधान गर्न संचारकर्मीहरुसंग समन्वय र सहकार्य गरेर मात्र जनमुखी सरकारी सेवा प्रदान गर्न सकिने उनले खुलाए ।

    यसभन्दा अघि कार्यरत रहेका जिल्लामा लामो समय काम गर्दा भोगेका वा हुने गरेका कार्यको अनुभव पत्रकारसँग साटेका थिए । जिल्लाको शान्ति सुरक्षा कायम गर्न, जिल्लावासीलाई सेवा प्रर्वाह छिटो छारितो गर्न, मालपोत कार्यालयको ढिलासुस्ती, भन्सारको समस्या, खुल्ला सिमानाका कारण हुने चोरी पैठारी, विकास निर्माण, मानव वन्यजन्तु बिचको द्वन्द्व न्युनिकरण लगायतका समस्या समाधान गर्न संचारकर्मीहरुसंग सहकार्य गरेर अघि बढ्ने प्रजिअ खरेलले बताए ।

    ‘तपाई हाम्रो सहकार्य सुमधुर बनाउन आ–आफ्नो पेशागत आचारसंहिता र मुल्य मान्यतामा रहेर सहकार्य गर्नुपर्छ’ प्रजिअ खरेलले भने,‘तपाईहरुसंगको सहकार्य जति प्रभावकारी हुन्छ, त्यति जिल्लामा सेवा प्रर्वाह प्रभावकारी बन्छ ।’ त्यसकारण संचारकर्मीहरुलाई सुचना दिनमा प्रशासन कार्यालयले कन्जुसाई नगर्ने जनाए । वन्यजन्तुको समस्या समाधान गर्न तपाई हामी वन्यजन्तुका विज्ञहरुसंग बसेर छलफल गरेर अघि बढ्ने भनाई राखे ।

    जिल्ला सुरक्षा समितिका सबै भन्दा नजिकको साथी संचारकर्मीहरु रहेको प्रजिअ खरेलले बताएका छन् । सुरक्षा व्यवस्थालाई बजबुत बनाउन आवश्यक सुचना प्रर्वाह गर्न र हाम्रो सरकारी सयन्त्रले नदेखेको समस्याहरु प्रशासन समक्ष पुगाईदिन संचारकर्मीहरुलाई प्रजिअ खरेलले आग्रहसमेत गरे ।

    लागु औषध नियन्त्रण गर्न संवेदनशिल हुनु पर्ने औल्याउँदै त्यस तर्फ सुरक्षा व्यवस्थाको ध्यान जान जरुरी रहेको पत्रकारहरुले जोड दिएका छन् । प्रजिअसंग संचारकर्मीहरुको भेटघाटनमा पत्रकार कमल पन्थी, निर्मल घिमिरे, ज्योती पन्थी, होमेन्द्र थापा, दिपकलाल श्रेष्ठ, डिल प्रकाश गौतमलगायतले जिल्लाको समसमायिसक विषयमा प्रजिअलाई सुझाव दिएका थिए ।साभार फरकसमाचार

    Post Views: 233
    प्रकाशित मिति: २०८० पुष ११, बुधबार २०:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.