बर्दिया,पौष ९(माउण्टेनसमाचार) / भोली मंगलबार प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा चर्चित लोकप्रिय गायिका शान्तिश्री परियारलगायत अन्य कलाकार आउने आयोजकले जनाईएको छ ।


उद्योग वाणिज्य संघ गुलरियाको आयोजनामा संचालन भईरहेको महोत्सवमा मंगलबार चर्चित छ कलाकार आउँदैछन् । गायिका परियारको मंगलबार महोत्सवमा धमाकेदार प्रस्तुती रहनेछ । त्यसैगरी चर्चित गायक श्रीनिवास चौधरी, विष्णु थापा, गेमराज गिरी, मोडल डान्सर विवश चौधरी र लक्ष्मी चौधरीको मंगलबार प्रस्ती रहने आयोजकले जनाएको छ ।
महोत्सव पौष ६ गते देखि पौष १६ गतेसम्म चल्नेछ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक (निलो आयल पेट्रोल पम्पको पुर्व पट्टि) महोत्सव संचालन भईरहेको छ ।




