बर्दिया,पौष ८(माउण्टेनसमाचार)/ भोली सोमबार प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा चर्चित लोकप्रिय गायिका एलिना चौहानलगायत अन्य कलाकार आउने जनाईएको छ ।


उद्योग वाणिज्य संघ गुलरियाको आयोजनामा संचालन भईरहेको महोत्सवमा सोमबार ख्याती प्राप्त चार कलाकार आउँदैछन् । पछिल्लो समयमा सबैले रुचाएको गायिका चौहानको सोमबार महोत्सवमा धमाकेदार प्रस्तुती रहनेछ । त्यसैगरी चर्चित गायक राज कुश्मी, रामजी खाँड र मोडल डान्सर दिपिका चौधरीको सोमबार प्रस्ती रहने आयोजकले जनाएको छ ।
महोत्सव पौष ६ गते देखि पौष १६ गतेसम्म चल्नेछ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक (निलो आयल पेट्रोल पम्मको पुर्व पट्टि)लागेको छ ।
आइतबार बाल गायक सुप्रिम मल्ल ठकुरी, गायिका सोनु कुश्मी, गायक कमल विसी, हास्य कलाकार दिनेश काफ्ले र मोडल डान्सर सुनिता दहितको प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जन दिएको छ ।




