बर्दिया,पौष ७(माउण्टेनसमाचार) / भोली आइतबार प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा चर्चित बाल गायक सुप्रिम मल्ल ठकुरीसहिच पाँच कलाकार आउने जनाईएको छ । उद्योग वाणिज्य संघ गुलरियाको आयोजनामा संचालन भएको महोत्सवमा आइतबार पाँच जना ख्याती प्राप्त चर्चित कलाकार आउने भएका हुन् ।

आइतबार बाल गायक सुप्रिम मल्ल ठकुरी, गायिका सोनु कुश्मी, गायक कमल विसी,हास्य कलाकार दिनेश काफ्ले र मोडल डान्सर सुनिता दहित आउने आयोजकले जनाएको छ ।
महोत्सव पौष ६ गते देखि पौष १६ गतेसम्म चल्नेछ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक (निलो आयल पेट्रोल पम्मको पुर्व पट्टि)लागेको छ । शनिबार चर्चिच गायक सुनिल पण्डित,प्रिति आले र अन्जु कुश्मीले प्रस्तुतीमार्फत दर्शकलाई भरपुर मनोरन्जन गराएका छन् ।




