बर्दिया,पौष ६(माउण्टेनसमाचार)/ आज शुक्रबार देखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा सुरु भएको छ । आज पौष ६ गते शुक्रबार देखि सुरु भएको महोत्सव पौष १६ गतेसम्म चल्नेछ ।


महोसत्वमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले साढे १२ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक (निलो आयल पेट्रोल पम्मको पुर्व पट्टि)लागेको छ ।

महोत्सवमा आज शुक्रबार राष्ट्रिय कलाकार दिपक खड्का र शोभा त्रिपाठी आउने उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले जनाएका छन् ।
त्यसैगरी पौष ७ गते प्रिति आले,सुनिल पण्डित,अस्मिता पुरी, ८ गते सुप्रीम मल्ल, सोनु कुस्मी,कमल विसि, ९ गते एलिना चौहान, राजमी खाड,दर्पण कुस्मी, १० गते सान्ती श्री परियार, श्रीनिवास चौधरी,११ गते प्रमोद खरेल, अन्जली अधिकारी,राज कुस्मी आउने छन् ।

१२ गते चक्र बम,अन्जु कुस्मी,टीका जैसी, १३ गते रमेश राज भट्टराई,ज्योति मगर,१४ गते प्रीति पास्वान,आरके थारु,एन्जिला रेग्मी,१५ गते पल शाह,पुर्णकला विसि, काजिस श्रेष्ठ, १६ गते अनु चौधरी दिनेश काफ्ले, कोस खड्का र विष्णु थापा आउने जनाईएको छ ।




