• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

‘एकाएक सिमेन्टको मूल्य एक सय बढ्नु खेद जनक छ’

  •  माउण्टेन संवाददाता
  • २०८० पुष ५, बिहीबार २१:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,पौष ५/ म्याद थपमा देखिएको जटिलतासँगै निर्माण व्यबसायीका चाङ लागेका समस्यामा सम्बोधनका लागि निर्माण व्यबसायी महासंघ लुम्बिनी प्रदेश खुलेर अघि बढेको छ । काटलिङ(एकाधिकार),मूल्य बृद्धिमा भएको असहमतिलाई प्रदेशले खुलेर बिरोध गरेको हो ।

    पछिल्लो समय उद्योगिले एकाएक गरेको सिमेन्टमा सय रुपैया मूल्य बृद्धि प्रति प्रदेश महासंघको चर्को बिरोध छ । सिमेन्टको मूल्य बृद्धिलाई उल्लेख गर्दै खुल्ला अर्थनिति बिपरीत मूल्य बृद्धि गर्दा समग्र निर्माण व्यबसायी धरापमा परेको प्रदेश महासंघका महासचिव भेषराज पौडलले बताए ।

    म्याद थपमा देखिएको जटिलता, सिमेन्ट उद्यागिको एकाधिकार, अरबौ रुपिया व्यबसायिको जोखिम पर्दा निर्माण व्यवसायी समस्या झन जटिल र गम्भिर भएकोमा प्रदेश महासचिव पौडेलको आपक्ति छ । ‘हामीले निर्माण व्यबसायीको समस्या समाधान गर्न जोडदार माग गरेका छौ ’महासचिव पौडेलले भने,‘अनियमित तरिकाले गरिएको मूल्य तत्काल खारेज गर्न पर्ने हाम्रो माग हो ।’

    निर्माण व्यबसायी महासंघ लुम्बिनी प्रदेशले निर्माण व्यबसायी पलायन हुने अवस्थालाई रोक्न बुधवार प्रदेश महासचिव पौडेलको हस्ताक्षर रहेको जारी प्रेस बिज्ञप्तिमा मूल्य अभिबृद्धि अबिलम्ब खारेज पर्ने माग राखि आम उपभोक्तलाई राहत प्रदान गर्न उल्लेख गरेको छ ।

    यस्तै म्याद थपमा देखिएको जटिलतासँगै निर्माण व्यबसायीको अरबौ रुपैया भुक्तानी नहुँदा देशको निर्माण उद्योग जटिलमा परेको उल्लेख गर्दै उद्योगिको उत्पादनसँग जोडिएका ईन्धन र कच्चा पदार्थको मूल्य बृद्धि नहँुदा नहुदै सय रुपैया सिमेन्टमा मूल्य बढाउँन जयाज नभएको जारी प्रेृश बिज्ञप्तीमा उल्लेख छ । विगतमा देखि पनि काटलिङ गरी पटक पटक भएका यस किसिमको मूल्यबृद्धिका कारण अन्तत पूर्बाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरुलाई नै आर्थीक बोझ बढेको बिज्ञप्तीमा उल्लेख गरेको छ ।

    विभिन्न किसिमले गरिएको मुल्य अभिवृद्धिमा समन्वयकारी भुमिका नदेखिएकोले प्रदेश महासंघको आपत्ति छ । लामो समय आन्दोलन रहेको निर्माण व्यबसायी महासंघ राज्यका सकारात्मक निर्णयको प्रतिक्षामा संघ रहेको महासचिव पौडेलले खुलाएका छन् । साभार फरकसमाचार

    Post Views: 304
    प्रकाशित मिति: २०८० पुष ५, बिहीबार २१:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.