• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भारतमा देखिएको कोरोनाबाट आत्तिनुपर्ने अवस्था छैन- मन्त्रालय

  •  माउण्टेन संवाददाता
  • २०८० पुष ४, बुधबार २१:०३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,पौष ४ / भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट सरकारले सबैमा नआत्तिन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमा भन्दा टाढा केरला राज्यमा देखिएको संक्रमणबाट डराउनु नपर्ने बताएका हुन्। उनले भारतमा देखिएको संक्रमण श्वासप्रश्वास सम्बन्धी रहेको र नेपालमा आत्तिनुपर्ने अवस्था नरहेको बताए।

    ‘अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको छ। नयाँ भेरियन्ट भए पनि नयाँ लक्षण यसमा छैन। श्वासप्रश्वाससम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको छ,’ उनले भने, ‘हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन।’ कोरोनाका बेला तयार गरिएको सघन उपचार कक्ष (आइसियु), अक्सिजन लगायत भौतिक पूर्वाधार आवश्यक परेका बेला प्रयोग गर्न सकिने उनले बताए।

    उहाँका अनुसार सिमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्क तयारी अवस्था राखिएको र श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ। लामो समयसम्म श्वासप्रश्वास समस्या देखिएका बिरामीलाई भने आणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) गर्न निर्देशन दिएको उनले बताए।

    सबैले कोरोना भाइरसविरूद्ध खोप लगाइसकेको हुनाले नयाँ भेरियन्टको संक्रमण रोकथाम खोपले गर्ने उनले बताए। भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बरले बढेका छन्। टाइम्स अफ इन्डियाका अनुसार मंगलबार कोभिड–१९ बाट संक्रमितको हुनेको संख्या १ हजार ९७० पुगेको छ। जबकि ९ दिनअघि जम्मा ९ सय ३८ जना मात्र संक्रमित थिए।

    सात महिनाको अन्तरालपछि भारतमा यसरी कोभिड–१९ का बिरामी एक्कासि बढ्न थालेका हुन्। भारतको केरलामा भर्खरै नयाँ भेरियन्ट भेटिएको थियो। अनुसन्धानकर्ताहरूले यसको नाम ‘पिरोला’ राखेका छन्। केरलामा भेटिएको यो भेरियन्ट अहिले महाराष्ट्र र गोवामा पनि भेटिएको छ। कतिपय अनुसन्धानकर्ताहरूले चिसो बढेका कारणले पनि कोरोना संक्रमण बढेको बताएका छन्। भारतमा मात्र होइन, अमेरिका र युरोपमा पनि ठन्डी यामसँगै कोरोना संक्रमण बढेको छ। अर्कोतिर मानिसहरूले लगाएका खोपको प्रभावकारिता कम भएको र मानिसहरूमा सतर्कता कम भएका कारण पनि कोरोना संक्रमण केही बढ्न थालेको बताइएको छ।साभार सेतोपाटी

    Post Views: 213
    प्रकाशित मिति: २०८० पुष ४, बुधबार २१:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.