• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न छलफल

  •  माउण्टेन संवाददाता
  • २०८० पुष २, सोमबार २०:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बुटवल,पौष २ / गौतमबुद्ध बिमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै एक सातादेखि आन्दोलनरत पक्षसंग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार छलफल गरेको छ । रुपन्देहीका ३२ वटा व्यवसायिक र सामाजिक संघसंस्था आवद्ध सिद्धार्थ संजाल रुपन्देहीले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालनको माग गर्दै विमानस्थलको गेटमा एक सातादेखि धर्ना बसेर आन्दोलन गरिरहेको छ ।

    सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमवार आयोजित सरोकारवालासँगको छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान छिटै नियमित सञ्चालन हुनेमा ढुक्क रहन आन्दोलरत पक्षलाई आग्रह गरेका छन् । ‘हामी छिटै भैरहवा–दिल्ली, भैरहवा–नोयडा उडान नियमित गर्दैछौं’, मन्त्री किरातीको भनाइ उधृत गर्दै विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले भने, ‘विमानस्थल ह्याण्डलिङ गर्ने कम्पनीलाई एउटा उडान जसरी पनि अनिवार्य गर्ने गरी कार्यान्वयन गर्ने तयारीमा छौं ।’

    छलफलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले विकेन्द्रीकरणको निति नलिंदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेको बताए । ‘संघले अझै पनि केन्द्रीकृत मानसिकताले काम गर्दा गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन हुन नसकेको हो’, मुख्यमन्त्री चौधरीले भने ।

    छलफलमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले विमानस्थल सञ्चालनका चुनौती र अवसरका बिषयमा धारणा राखेका थिए । नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले भैरहवा विमानस्थल बाट उड्ने प्यासेन्जर शुल्क घटाएर र त्रिभुवन विमानस्थलबाट उड्ने प्यासेन्जरको शुल्क बढाएर भैरहवाको बिमानस्थललाई नियमित गराउन प्रस्ताव राखेका थिए । कार्यक्रममा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भैरहवाबाट नोयडा उडान सञ्चालन गर्न आफू तयार रहेको बताए ।

    सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले काठमाडौंका केही व्यवसायीको निहीत स्वार्थ र दवावका कारण भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको बताए ।

    सिद्धार्थ सञ्जालका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक सरकारी कार्यालयहरु तत्काल स्थापना गर्न र विमानस्थलबारे नकारात्मक प्रचार रोक्न सरकारी निकायको ध्यानाकर्षण गराए ।साभार अनलाइनखबर

    Post Views: 200
    प्रकाशित मिति: २०८० पुष २, सोमबार २०:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.