• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दोस्रो स्व.अजय श्रेष्ठ स्मृति क्रिकेट, अभानी क्रिकेट क्लब र नेपालगन्ज ११ विजयी

  •  माउण्टेन संवाददाता
  • २०८० पुष २, सोमबार ०८:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, पुस २ गते( माउण्टेनसमाचार) / मंसिर ३० गते देखि आयोजित दोस्रो स्व.अजय श्रेष्ठ स्मृति क्रिकेट २०८० को आइतबार भएको खेलमा अभानी क्रिकेट क्लब र नेपालगन्ज ११ विजयी भएका छन ।

    Ban

    आइतबार भएको अभानी क्रिकेट क्लब र होराइजन क्लब बिच भएको खेलमा अभानी क्रिकेट क्लब ४ विकेटले विजयी भएको छ। पहिलो ब्याटिङ गरेको होराइजन निर्धारित २० ओभरको खेलमा १७ ओभर मात्र खेलि ८० रनमा नै अलआउट भएको थियो । होराइजनका लागि निर्मल थापाले ३२ बलमा १९ रन बनाएका थिए भने अन्य ब्याटरले दोहोरो अंक छुन सकेका थिएनन् । होराइजन क्लब को ब्याटिङ धरासायी गराउँदै अभानी क्रिकेट क्लब का रिजान ढकालले १२ रन दिएर ४ महत्वपूर्ण विकेट लिन सफल भएका थिए भने सुभ कंसकारले ७ रन दिएर ३ विकेट लिएका थिए। ८१ रनको लक्ष्य लिएर आएको अभानी क्रिकेट क्लबका सुमित महर्जनको २५ बलमा ३५ रन र सुमन सुनारको १६ रनको आकर्षक ब्याटिङको मद्दतले अभानी क्रिकेट क्लबले १० ओभर ३ बलमा ८१ रन बनाउँदै प्रतियोगिताको आफ्नो पहिलो जित निकाल्न सफल भएको छ । अभानी क्रिकेट क्लबलाट १२ रन दिएर ४ विकेट लिएका रिजान ढकाल म्यान अफ द म्याच घोषित भएका थिए।

    यस्तै गरि आइतबार नै भएको अर्को खेलमा नेपालगन्ज ११ ले मधुवन क्रिकेट क्लबलाई १८ रनले पराजित गरेको छ। पहिलो ब्याटिङ गरेको नेपालगन्ज ११ ले निर्धारित २० ओभरमा १ सय १४ रन बनाउन सफल भएको थियो । नेपालगन्ज ११ का तर्फबाट संदिप नेपालीले ३८ बलमा ४३ रन बनाएका थिए भने मो. सदाव अन्सारीले १४ बलमा २० रन बनाएका थिए।

     

    बलिङमा मधुवन क्रिकेट क्लबका तर्फबाट बलिङ गर्दै समिर रानाले १८ रन दिएर २ विकेट लिएका थिए भने नितिन न्यौपाने र हिमांशु शाहिले १/१ विकेट लिन सफल भएका थिए।

    १ सय १५ रनको लक्ष्य लिएर आएको मधुवन क्रिकेट क्लब १९ ओभर १ बल खेल्दै ९६ रन मै अलआउट भएको थियो । मधुवनका तर्फबाट ब्याटिङमा निखिल खत्रीले ४३ बलमा २९ रन को योगदान दिएका थिए भने नितिश न्यौपानेले २४ बलमा २८ रन बनाएका थिए। मधुवन को ब्याटिङ धरासायी गर्नु नेपालगन्ज ११ का रोसन साहु र मो.अवुजर अन्सारीले समान ३/३ विकेट लिएका थिए। ३ विकेट लिएका नेपालगन्ज ११ का रोसन साहु म्यान अफ द म्याच घोषित भएका थिए।

    Post Views: 485
    प्रकाशित मिति: २०८० पुष २, सोमबार ०८:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.