• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लुम्बिनीमा विश्वशान्ति धामको निर्माण पुनः सुरु

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ३०, शनिबार २०:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बुटवल,मंसिर ३०/ बुद्ध जन्मस्थल लुम्बिनीमा सात वर्षअघि सुरु भएको विश्वशान्ति धामको निर्माण पुनः सुरु भएको छ । वौद्ध धर्मगुरु श्याल्पा तेञ्जिङ रिन्पोछेले सुरु गरेको धाम निर्माणको काम कोरोना महामारीका कारण रोकिएको थियो । ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको धाम ४४ मिटर उचाइको चार तले र कमलको फूल आकारको हुने छ ।

    शनिबार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, धर्मगुरु रिन्पोछे, अमेरिकी दुतावासका प्रवक्ता जेहरा नाक्वीले ढुंगा बिच्छाएर विश्व शान्ति धाम निर्माणको पुनः सुरुवात गरेका छन् । त्यसपछि उपस्थित धर्मगुरुहरु, संघसंस्थाका प्रतिनिधि पालैपालो श्रमदानमा सहभागी भएका थिए ।

    विश्वशान्ति धाम निर्माणका लागि सरकारले ६६ रोपनी जग्गा उपलब्ध गराएको छ । धाम निर्माण पूरा गर्ने रिन्पोछेले बताए । धाम बनाउन लाग्ने उक्त लागत रकम जुटाउन हरेक व्यक्तिले एक रूपैयाँ, एक डलर, एक पाउन्डका दरले भए पनि सहयोग गर्न सक्ने उनले बताए । विश्व शान्ति धाम निर्माणका लागि सहयोग जुटाउन नेपालसहित विभिन्न मुलुकमा शान्ति महोत्सव, सांगीतिक कार्यक्रम गर्दै आएको रिन्पोछेले बताए । विश्वभरका मानिसले खोजिरहेको शान्ति लुम्बिनीमा पाइने भएकाले विश्व शान्ति धाम बनाउने कार्यमा पनि विश्वभरका व्यक्तिहरूको सहयोगको अपेक्षा गरिएको रिम्पोछेले बताए ।

    ‘विश्व शान्ति धाम हरेक जाति, रंग र धर्म सम्प्रदायका मानिसहरू एक साथ आउन सक्ने र शान्तिको सन्देश विश्वभर फैलाउंदै मानव कल्याण र हितको लागि काम गर्न सक्ने खुला मञ्च हुनेछ’, रिन्पोछेले भने, ‘विश्वव्यापी रुपमा बढ्दो युद्ध, जलवायु परिवर्तन र मानसिक स्वास्थ्यलाई सम्बोधन गर्न विश्व शान्ति धामले संसारभरका नागरिकलाई शान्तिको मार्गमा लाग्न प्रेरित गर्नेछ ।’

    विश्व शान्ति धाम निर्माणले लुम्बिनी क्षेत्रको मात्र नभई नेपालको प्रचार–प्रसार विश्वभर हुने र यहाँको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउने धर्मगुरु रिम्पोछेको भनाइ छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष डा. ल्यारक्याल लामाले निर्माण हुन लागेको विश्व शान्ति धामले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउ पुग्ने बताए । यो आयोजना लुम्बिनीको लागि मात्र नभई संसारकै लागि शान्तिको प्रतीक बन्ने उनको भनाइ छ । लामाले यस्ता आयोजना सम्पन्न गर्न सजिलो नभएको भन्दै सबैको सहयोगबाट यो निर्माण हुने बताए ।

    नेपालका लागि अमेरिकी दूतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्वबारे बुझ्न निर्माणाधीन विश्व शान्ति धामले सघाउ पु¥याएको उल्लेख गरिन् । कार्यक्रममा अन्तर्राष्ट्रिय शान्ति अभियान्ता माइकल सङ र जेम्स स्टरलिंक लगायतले बोल्दै विश्व शान्तिधाम निर्माणले बुद्ध धर्म र दर्शनको महत्व अझ बढ्ने उल्लेख गरे ।

    धामको हरेक तला ३४ सय वर्गमिटर क्षेत्रफलका हुने र त्यहाँ १५ सय जना अट्ने शान्ति वार्ता हल, शान्ति संग्रहालय, शान्ति पुस्तकालय, प्रवचन कक्ष, ध्यान कक्ष, युनिभर्सल पिस इन्ष्टिच्युट, रिट्रिट सेन्टर आदि संरचना बनाइने धामकी सूचना अधिकारी पासाङ शेर्पाले बताइन् । साभार अनलाइनखबर

    Post Views: 223
    प्रकाशित मिति: २०८० मंसिर ३०, शनिबार २०:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.