• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लुम्बिनीका सरकारी कर्मचारीलाई एक दिन महिनावारी बिदा

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २९, शुक्रबार २१:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दाङ, मंसिर २९ / लुम्बिनी प्रदेशमा महिला कर्मचारीलाई महिनावारीको समयमा बिदा दिने विधेयक प्रमाणीकरण भएको छ। अब उक्त विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ । महिनावारी (पिरियड्स) बिदा दिने व्यवस्थासहित प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश प्रमुख अमिक शेरचनले गत मंसिर २१ गते प्रमाणीकरण गरेका हुन्।

    उक्त विधेयक भदौ २२ गते प्रदेशसभामा पेस भएको थियो। सभामुख तुलराम घर्तीले झन्डै तीन महिनापछि त्यो विधेयक प्रदेश प्रमुख शेरचनकहाँ पठाएपछि बल्ल प्रमाणीकरण भएको हो। प्रदेश सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री सन्तोषकुमार पाण्डेले प्रमाणीकरण भइसकेकाले अबको हप्ता दिनभित्र विधेयक राजपत्रमा प्रकाशित हुने र प्रकाशित भएको चार दिन पछि कार्यान्वयनमा जाने बताए ।

    विधेयक कार्यान्वयनको चरणमा प्रवेश गरेपछि महिनावारी हुँदा महिला कर्मचारीले एक दिनको बिदा पाउने उनले जानकारी दिए । ‘हामीले धेरै कुरा बुझ्नु पर्छ र त्यो कुरा हामीले धेरैको सल्लाह सुझावका आधारमा मात्रै भएको हो,’ प्रवक्ता पाण्डेले भने ‘ बाहिरबाट धेरै कुरा थाहाँ हुँदैन र आन्तरिक रुपमा बुझ्दै जाँदा  महिनावारी हुँदा एकदिन बिदा दिनु उचित हुन्छ भन्ने सल्लाह पछि यो निर्णय गरिएको हो।’

    महिला अधिकारका कुरा सधैँ गरिँदै आएपनि उनीहरूलाई अधिकार दिने सवालमा व्यवहारिक रूपमा त्यो कार्यान्वयन हुनुपर्छ भन्ने उदेश्यले सबैको राय सल्लाह र सुझाव पछि महिनावारीको समयमा एक दिने बिदा दिनु उचित हुन्छ भन्ने लागेरै मुलुकमै पहिलो पटक लुम्बिनी प्रदेश सरकारले यस्तो सुविधा दिन नीतिको सुरुवात गरेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।

    ‘यो महिलाको प्रजनन् स्वास्थ्य तथा सरसफाइसंग जोडिएको विषय हो,’ मुख्यमन्त्री चौधरीले भने, ‘महिनावारीको समयमा कतिपय महिलालाई बढी दुःख र पीडा हुन्छ, काम गर्न सक्ने अवस्था नहुन सक्छ।  त्यतिखेर उनीहरुले  एक दिन भएपनि आराम गर्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो।’ केही सांसदहरूले प्रदेशसभामा उक्त विधेयकमा संशोधन प्रस्ताव राखेपनि महिनावारीको समयमा महिला कर्मचारीलाई बिदा दिने सम्बन्धी विधेयक पारित गरेकोले कार्यान्वयनमा जानेमा शंका गर्न नहुने बताए।साभार सेतोपाटी

    Post Views: 189
    प्रकाशित मिति: २०८० मंसिर २९, शुक्रबार २१:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.