• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सामाजिक सञ्जालमा भावुक पोष्ट गरेपछि चोरले फिर्ता गर्‍यो मोटरसाइकल

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २९, शुक्रबार ०८:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मोटरसाइकल चोरीका घटना धेरै सुनिन्छ र चोरिएका बाइक भेटिएका घटना पनि कहिलेकाहीँ प्रकाशमा आउँछन् । तर बाइक चोरी भएपछि सामाजिक सञ्जालमा सम्बन्धित मोटरसाइकल धनीले लेखेको स्टाटस पढेरै चोरले बाइक फिर्ता गरेको घटना भने अनौठो नै मान्नुपर्छ ।

    भारतको सूरत सहरस्थित मोटा वराछा क्षेत्रमा परेश भाइ पटेल नाम गरेका एक जना व्यवसायीको मोटरसाइकल चोरी भयो । उनी आफ्नो कार्यालय भवनको पार्किङमा मोटरसाइकल राखेर गएका थिए तर कार्यालयबाट फर्कँदा उनको मोटरसाइकल चोरी भइसकेको थियो । मोटरसाइकल चोरी भएपछि उनले सामाजिक सञ्जालमा एउटा पोस्ट लेखे ।

    उनले लेखेका थिए, ‘श्रीमान् सज्जन चोर ! तपाईँले मेरो बाइक त लैजानुभयो तर चाबी र आरसी (रजिस्ट्रेसन सर्टिफिकेट) बुक बिना बाइक चलाउन तपाईंलाई समस्या हुन्छ । त्यसैले बाइकको चाबी र आरसी बुक मैले पार्किङ मै जेनेरेटरको माथि कुनामा राखिदिएको छु, त्यो लैजानु होला । तपाईं मेरो चिन्ता नगर्नु, म साइकलबाटै गुजारा चलाउँछु ।’

    उनको यो पोस्ट भाइरल बन्यो र चोरले दुई दिनमै (११ डिसेम्बरका दिन) मोटरसाइकल जहाँबाट चोरिएको हो, त्यही ठाउँमा ल्याएर राखिदिए । त्यसो त, परेश भाइले मोटरसाइकल चोरी भएकोबारे प्रहरी कार्यालयमा पनि उजुरी गरेका थिए । तर ‘सज्जन चोर’ले मोटरसाइकल फिर्ता गरिदिएपछि उनले प्रहरी कार्यालयमा गएर उजुरी पनि फिर्ता लिएका छन् । भारतीय न्यूज च्यानल ‘आजतक’सँग कुरा गर्दै उनले चोरको इमानदारितालाई मध्यनजर गर्दै आफूले उजुरी फिर्ता लिएको बताए ।

    Post Views: 270
    प्रकाशित मिति: २०८० मंसिर २९, शुक्रबार ०८:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.