• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बढैयातालमा बिद्यालय स्तरिय फूटवल प्रतिस्पर्धा

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २७, बुधबार २०:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर २७/ प्रथम यू १८ बढैयाताल बिद्यालय स्तरीय मयुर कप फुटबल  प्रतियोगिता २०८० हुने भएको छ । जिल्ला फुटबल संघ बर्दियाको समन्वय, बढैयाताल गाउँ  पालिकाको सहयोग तथा मयुर युवा क्लब बढैयाताल ८ स्याउली  बजारको आयोजाना मंसिर २९ गतेदेखि शुरु हुने भएको छ ।

    राष्ट्रको लागि खेलकुद : स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता गरिने मयूर युवा क्लवका अध्यक्ष तारानाथ ज्ञवालीले बताउनु भयो । उद्घाटन खेल अमर ज्योति मा. बि सितापुर र  ने.रा.मा.बि. पडरिया बिच हुने बताईएको छ । मयुर युवा  क्लबको खेल  मैदान  बढैयाताल ८ स्थिति  नयाँ बस्तीमा आयोजित प्रतियोगितामा बढैयाताल गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत  मध्येका ११ वटा बिद्यालयले सहभागीता जनाउने क्लबका प्रशिक्षक बिबेश गुरुङले जानकारी दिनु भयो ।

    मंसिर २९ गतेदेखि पौष ०७ गते सम्म हुने अण्डर १८ फुटबल प्रतियोगिता नकाउट आधारमा खेलाईने  जिल्ला फुटबल संघ बर्दियाका प्रशिक्षक रामजित चौधरीले बताउनु भएको छ । बिजेता  र उप बिजेता टीमलाई क्रमश रु. २५ हजार र १५ हजार नगदसहित शिल्ड, मेटल, ट्रफी र प्रमाण पत्र दिईने क्लबले  जनाएको छ । बुधवार पत्रकार सम्मेलन मार्फत खेल तालिका सार्बजनिक गरिएको छ ।

    मयुर युवा  क्लबका अध्यक्ष  तारानाथ  ज्ञवालीको अध्यक्षता तथा बढैयाताल गाउँपालिका न्यायीक  समिति सदस्य दिल्ली प्रसाद गौतमको प्रमुख आतिथ्यमा  भएको पत्रकार सम्मेलनमा प्रतियोगितालाई  सभ्य, भब्य र मर्यादित बनाउने सन्दर्भमा सहभागीले धारणा राख्नु भएको थियोे ।

    ११ वटा  बिद्यालयका प्रधानाध्यापक, शिक्षक, जिल्ला फुटबल संघ लुम्बिनी प्रदेशका सदस्य अजित राजभण्डारी  स्थानीय पत्रकार लगायतको सहभागीता रहेको पत्रकार सम्मेलनमा क्लबका कोषाध्यक्ष शैलेन्द्र मल्लले  स्वागत गर्नु भएको थियो ।साभार चुरेकुञ्ज

    Post Views: 270
    प्रकाशित मिति: २०८० मंसिर २७, बुधबार २०:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.